वेस्ट इन्डिजद्वारा बंगालदेशलाई ३२३ रनको लक्ष्य प्रस्तुत

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप अन्तर्गत २३ औं खेलमा वेस्ट इन्डिज र बंगलादेश प्रतिस्पर्धा गरिरहेका छन्। खेलमा पहिले ब्याटिंग गर्दै वेस्ट इन्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिंग गर्ने क्रममा वेस्ट इन्डिज ओपनर क्रिस गेल १३ बल खेल्दै खाता नखोली मोहम्मद सैफुद्दीनको बलमा क्याच आउट भए।

दोश्रो विकेटको लागि अर्का ओपनर इभिन लुइस र शाइ होपले ११६ रनको साझेदारी गरे। लुइस ७० रन बनाएर आउट भए जसअघि ६७ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

होपले एक किनार सम्हालीरहे र तेश्रो विकेटको लागि निकोलस पुरनसंग ३७ रनको  तथा चौथो विकेटको लागि शिमरन हेटमेयरसंग ८३ रनको साझेदारी गरे। पुरन २५ तथा हेटमेयर ५० रन ( २६ बलमा ४ चौका र ३ छक्का ) बनाएर आउट भए। आन्द्रे रसेल खाता नखोली आउट भए पछि होपले जेसन होल्डरसंग ३९ रनको साझेदारी गरे। होल्डरले ३३ रन ( १५ बलमा ४ चौका र २ छक्का ) बनाए।

४७ औं ओभरमा होप पनि आउट भए जो शतक पुरा गर्न मात्र ४ रनले चुक्न पुगे। १२१ बलमा उनले ४ चौका र १ छक्का प्रहार गरेपछि मुस्तफिजुर रहमानको बलमा क्याच आउट हुन पुगे।

५० ओभरमा वेस्ट इन्डिजले ८ विकेट गुमाएर ३२१ रनको योगफल तयार गर्यो। डेरेन ब्रहो १९ तथा ओशेन थोमस ६ रन बनाएर अविजित रहे।

बंगलादेशको बलिंगमा मोहम्मद सैफुद्दीन ( १०-१-७२-३ ) र मुस्तफिजुर रहमान ( ९-०-५९-३ ) ले ३/३ विकेट तथा शकिब अल हसनले ( ८-०-५४-२ ) ले २ विकेट लिए।

प्रतियोगितामा वेस्ट इन्डिजले ४ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ भने १ खेल नतिजाविहिन रहेको थियो। बंगलादेशले पनि ४ खेलमा १ जित र २ हार बेहोर्द १ खेल नतिजाविहिन रहेको थियो।

वेस्टइन्डिजले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा अस्ट्रेलियासंग १५ रनले पराजित भएको थियो। दक्षिण अफ्रीकासंगको तेश्रो खेल नतिजाविहिन रहेको थियो भने इंग्ल्याण्डसंग भने ८ विकेटको हार बेहोर्न पुगेको थियो।

बंगलादेशले पहिलो खेलमा दक्षिण अफ्रीकालाई २१ रनले पराजित गरेको थियो भए दोश्रो खेलमा न्युजिल्याण्डसंग २ विकेटको हार बेहोरेको थियो। तेश्रो खेलमा इंग्ल्याण्डसंग १०६ रनले पराजित हुँदा श्रीलंकासंगको चौथो खेल नतिजाविहिन रहेको थियो।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]