विलियम्सनको शतकमा पाकिस्तान पराजित

  • विकेटनेपाल, २२ पौष- शनिवार

केन विलियम्सनको शानदार शतक मदतले न्यूजील्याण्डले पाकिस्तान बिरुद्ध पहिलो एक दिवसीय खेलमा डक वर्थ लुईस मेथडका आधारमा ६१ रनको जित हात पारेको छ।

न्यूजील्याण्डले दिएको ३१६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३०.१ ओभरमा ६ विकेट गुमाउंदै १६६ रन जोड्दा बर्षा बाधक बन्न पुग्यो। खेलमा बर्षा आउँदासम्ममा पाकिस्तान डि/एल औसत लक्ष्य भन्दा पछि थियो र थप खेल हुन नसक्ने भएपछि नतिजा घरेलु टोलीलाई सुम्पिन बाध्य भयो।

३१६ रनको बिशाल लक्ष्य पछ्याउन मैदान उत्रिएको पाकिस्तानको सुरवात खराब रह्यो। पहिलो ओभरमानै अजहर अलि र बाबर अजामको रुपमा दुई महत्वपूर्ण विकेट गुमाएको भ्रमण टोलीले खेलमा पकड बनाउने मौकानै पाएन। न्यूजील्याण्डका तिब्र गतिका बलरको उछाल, स्विंग र गतिलाई सम्हाल्न नसक्दा पाकिस्तानले ५४ रन जोड्न ५ विकेट गुमाउनु पर्यो।

पाकिस्तानको इनिंगको पहिलो ओभरमानै टिम साउदीले अजहर अलि र बाबर अजामलाई एलबीडब्लु धरापमा पारे। पभेलीयन फर्किन अघि अजहरले ६ रन बनाए भने बाबरले खाता खोल्न सकेनन्। अर्को छेउमा लगातार रुपमा विकेट झरेपनि ओपनर फखर जमानले एक छेउ सम्हाल्ने कोसिस गरे। ८६ बल खेलेका जमानले ५ चौका र ४ छक्काको मद्धतमा अविजित ८२ रन बनाएपनि पाकिस्तानलाई हारबाट जोगाउन सकेनन्।

पाकिस्तानको ब्याटिंगलाई धरासायी बनाउने क्रममा न्यूजील्याण्डका टिम साउदीले ३ विकेट तथा ट्रेन्ट बोल्टले २ विकेट लिए। ६.१ ओभर बलिंग गरेका साउदीले २२ रन खर्चेर ३ विकेट लिंदा, ६ ओभर बलिंग गरेका बोल्टले भने ३५ रन खर्चेर २ विकेट लिए।

विलीयमसनको १० औं शतक

टस जित्दै पहिले ब्याटिंग गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउंदै ३१५ रन बनाएको थियो। किवी टोलीका लागि कप्तान केन विलियम्सनले ११५ रनको योगदान गरे।  एक दिवसीय क्यारियरको १० औं शतक बनाउने क्रममा विलियम्सनले ११७ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए।

कोलिन मनरो र मार्टिन गुप्टिलले दिएको उत्कृस्ट सुरुवातलाई ठुलो स्कोरमा परिणत गर्न किवी ब्याट्सम्यान चुकेनन्। मनरो र गुप्टिलले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए।

न्यूजिल्याण्डको पहिलो विकेटका रुपमा व्यक्तिगत ५८ रन बनाउदै कोलिन मनरो पभेलीयन फर्किएका थिए। त्यसपछि नम्बर ३ मा ब्याटिंग गर्न आएका केन विलियम्सनले मार्टिन गुप्टिलसंग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे। गुप्टिलले ७२ बल खेल्दै ४ चौका र २ छक्काको मध्दतमा ४८ रन बनाउदा फखर जमानको बलमा शोएब मल्लिकको हातबात समातिन पुगे।

त्यसपछिका दुई किवी ब्याट्सम्यानहरु रस टेलर, टोम ल्याथम छिटै आउट भएपनि ६ नम्बरमा ब्याटिंग गर्न आएका हेनरी निकोलससंग विलियम्सनले ९० रनको उत्कृस्ट साझेदारी गरे। खतरनाक देखिएका विलियम्सनको विकेट रुम्मन रईसले लिएका थिए। अर्धशतक बनाएका हेनरी निकोलसपनि त्यसपछि धेरै समय टिक्न सकेनन् र हसन अलिको शिकार बन्न पुगेका थिए।

पाकिस्तानका लागि हसन अलिले ३ तथा मोहम्मद आमिर, रुम्मन रईस, फहीम अश्रफ र फखर जमानले समान १-१ विकेट लिए। १० ओभर बलिंग गरेका हसन अलिले ६१ रन खर्चेर ३ विकेट लिएका थिए।

शतकीय पारि खेलेका केन विलियम्सन खेलको म्यान अफ द म्याच घोषित भए।

जितसंगी न्युजिल्याण्डले ५ एकदिवसीयको सिरिजमा १-० को अग्रता लिएको छ। दुई टोलि बिचको दोस्रो एक दिवसीय खेल आउँदो मंगलवार हुँदै छ। एकदिवसीय सिरिजपछि ३ वटा टि-२० अन्तर्राष्ट्रिय सिरिज पनि खेलिनेछ।

म्याच समरी ( श्रोत- पाकिस्तान क्रिकेट बोर्ड ) 

( फोटोहरु – आईसीसी )





थप समाचार

यु १९ महिला विश्वकप छनोट : नेपालको विजयी सुरुवात

काठमाडौं । युएईमा जारी यु १९ महिला विश्वकप छनोटको पहिलो खेलमा कप्तान पुजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले थाइल्यान्डलाई हराएको छ […]

भारतीय क्रिकेटर उन्मुक्तले लुम्बिनीबाट एनपिएल खेल्ने

काठमाडौं । भारतका लागि सन् २०१२ को यु १९ विश्वकप जिताएका कप्तान उन्मुक्त चन्दले पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा […]

इंग्ल्यान्डका आक्रामक ब्याटर काठमाडौं गुर्खाजमा

इंग्लिस क्रिकेटर स्टेफन इस्किनाजी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गुर्खाजमा आबद्ध भएका छन् । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको […]

सुदूरपश्चिम रोयल्समा अनुबन्धित भए युएईका रोहन मुस्तफा

एशोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । युएईबाट अन्तर्राष्ट्रिय क्रिकेट […]

स्कटल्याण्डका क्रिस सोल विराटनगर किंग्समा

स्कटल्याण्डका पेस बलर क्रिस सोल नेपाल प्रिमियर लिग ९एनपीएल० का लागि विराटनगर किंग्समा अनुबन्ध भएका छन् । मंगलबार विराटनगरले पेस […]

एनपिएल : हालसम्म कुन देशका क्रिकेटर कुन टोलीमा अनुबन्ध भए !

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी ८ टोली तयारीमा जुट्न सुरु भईसकेको छ । प्रत्येक ८ टोलीले विदेशी खेलाडी […]