२४ रन खर्चेको ओभरबारे सन्दिपले बोले “मैले केहि गलत गरेको थिईन।”

ग्लोबल टि-२० लिग अन्तर्गत सिजनको पहिलो खेल ब्राम्पटन वुल्भ्स बिरुद्ध खेल्ने क्रममा स्पेलमा १ विकेट लिन ४४ रन खर्चदै महँगो सावित भएका नेपाली स्पिनर सन्दिप लामिछानेले दोश्रो खेलमा मोन्टरियल टाइगर्स राम्रो कमब्याक गर्दै २८ रन खर्चेर १ विकेट लिए।

ब्राम्पटन बिरुद्ध सन्दिपले गरेको पहिलो ओभरमै स्कटल्याण्ड ब्याट्सम्यान गर्ज मुनसेले ३ चौका र २ छक्का प्रहार गर्दै २४ रन प्रहार गरे। सन्दिपले दोश्रो खेलमा राम्रो कम ब्याक गरे पछि पहिलो खेलको महँगो स्पेल बारे बोलेका छन्।

ग्लोबल टि-२० क्यानडाको अधिकारिक वेबसाइटसंग कुरा गर्ने क्रममा सन्दिपले आफुले नराम्रो बलिंग नगरेको बताएका हुन् –

“मैले त्यो बलहरुमा केहि गलत गरेको थिईन।” सन्दिपले बताए- “सबै बललाई रिभर्स स्विप प्रहार गर्नु निकै गार्हो कुरा हो तर जर्जले त्यो ओभरमा ५ पटकनै त्यस्तो गरे। त्यो पावरप्लेको दौरान पनि थियो।”

पावरप्ले पछि भने मुनसेले आफुलाई हान्न नखोजेको सन्दिपले बताए – “पावरप्ले पछि उनले फेरी त्यस्तो सट खेल्न खोजेनन् किनकि फिल्डरहरु सर्कल भन्दा बाहिर थिए”

सन्दिपले आफ्नो टिम कप्तान युभराज सिंह हुनुले निकै कुरा सिक्न पाएको समेत बताए-

“म युभराज सिंहले बलिंग गरेको हेर्दै थिए। म महसुस गर्दै थिए कि मैले थोरै बिस्तारै बलिंग गर्नुपर्छ। यी खेलाडीहरुसंग १५-२० वर्ष क्रिकेट खेलेको अनुभव रहेको छ र लामो समय घरेलु क्रिकेट पनि खेलेका छन् त्यसैले यहाँ धेरै सिक्ने कुरा छ। प्रत्येक दिन सुधार गर्दै जानुपर्छ”

सन्दिपले नेपाली समर्थकहरुले आफुबाट निकै आशा गर्ने र उनीहरुले गर्ने आलोचनालाई आफुले स्वाभाविक रुपमा लिने बताए –

“म बाट मेरो सुभचिन्तकहरुको अपेक्षा हो। नेपालमा म बाट प्रत्येक पटक राम्रो प्रदर्शनको अपेक्षा गर्नेगर्छन्। एकाध पटक तपाई यदी प्रदर्शन गर्न फेल हुनुभयो भने मेरो आलोचना गर्नुहुन्छ। तर त्यो आलोचनाको पछाडी असिमित माया लुकेको छ। त्यहीनै मेरो लागि सबैभन्दा ठुलो प्रेरणाको श्रोत हो”

Sandeep lamichhane
Sandeep Lamichhane

 

ग्लोबल टि-२० वेबसाइटले १५ वर्ष अघिसम्म नेपाल जस्ता देशबाट ठुलो स्तरमा क्रिकेट खेल्नु असम्भव रहेको लेख्दै सन्दिपको तारिफ गरेको छ। यस्तै नेपाली फ्यानहरु झन्डा र नेपालको जर्सी सहित मैदानमा उपस्थित भएको र आफ्नो हिरोको खेल हेर्न रातभर जागेको समेत लेखेको छ।

प्रतियोगिता सन्दिप सहित नेपाली राष्ट्रिय टिमका अल-राउण्डर सोमपाल कामि विन्नीपेग हक्सबाट खेलीरहेका छन्। पहिलो चरणको खेल सकिंदा टोरोन्टो चौथो र विन्नीपेग पाँचौ स्थानमा रह्यो। अब टोरोन्टोले दोश्रो चरणमा अंकतालिकामा तेश्रो टिम मोन्टरियल टाइगर्ससंग खेल्नेछ भने विन्नीपेगले अंकतालिकामा दोश्रो टिम भानकुभर नाइट्ससंग खेल्नेछ। दोश्रो चरणको खेल पछि अंकतालिकामा उत्कृस्ट-४ टिम प्ले-अफ चरण प्रवेश गर्नेछ।

सोमपालको टिम विन्नीपेगले आज राति २:१५ बजे भानकुभरसंग तथा टोरोन्टोले भोलि राति १०:१५ बजे मोन्टरियल टाइगर्ससंग खेल्नेछ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]