काठमाडौं । चार देशीय महिला टी–२० क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समयअनुसार अपराह्न ४:४५ बजे सुरु हुनेछ।
युगाण्डा क्रिकेट एशोसियसनको आयोजनामा भइरहेको सिरिजमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् ।
यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ । त्यस्तै हङकङले पनि २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ ।
नेपालले अर्को खेल फागुन २८ गते, नामिबिया, फागुन २९ मा युगाण्डा र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।