वुमेन्स टी-२० लिगको मिति र स्थान परिवर्तन

  • विकेटनेपाल, चैत-२८  

बिराटनगरमा बैशाख ७ गते देखि २४ गते सम्म आयोजना हुने भनिएको वोमेन्स टि-२० लिग प्रतियोगिताको मिति र स्थान परिवर्तन गरिएको छ।

एनसीएल स्पोर्ट्स प्रालिले बिहिबार प्रेस बिज्ञप्ति जारि गर्दै अब प्रतियोगिता नयाँ मिति जेष्ठ ६ गते देखि १३ गतेसम्म आयोजना हुने घोषणा गरेको छ। यस्तै बिराटनगरको बैजनाथ क्रिकेट मैदानमा हुने प्रतियोगिता अब काठमाडौँ किर्तिपुर स्थित टियु मैदानमा हुने आयोजना भएको छ।

प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषदसंग मैदान बुकिङ्ग गरिसकिएको समेत आयोजकले बताएको छ।

“राखेपद्वारा आयोजना हुँदै गरेको आठौँ रास्ट्रीय खेलकुद अन्तर्गतको ‘महिला क्रिकेट’ को मिति यस अघिको वोमेन्स टि२० क्रिकेट लिगको मिति सङ्ग जुधेको कारण नयाँ मिति सार्वजनिक गरिएको हो।  बिराटनगरको तापक्रम सङ्गै अन्य मौसम यो सिजनमा क्रिकेट प्रतियोगिता संचालन गर्न योग्य नहुने सुझाव प्रतियोगिताको प्राबिधिक समिति, टिम मलक, टिमका मार्की खेलाडीहरु सङ्गै सम्पुर्ण क्रिकेट सम्बद्ध व्यक्ति/संस्थाहरुको सुझावका कारण प्रतियोगिता काठमाडौमा गर्ने निर्णय भएको हो” आयोजकले प्रेस बिज्ञप्तिमा लेखेको छ।

 

प्रतियोगितामा ४ वटा फ़्रेञ्चाइज टोलि सहभागी हुँदैछ जसमा रुबिना क्षेत्री मार्की खेलाडी रहेको भैरहवा क्विन्स, करुना भण्डारी मार्की खेलाडी रहेको बिराटनगर रोअरिङ्ग लायन्स, सिता राना मगर मार्की खेलाडी रहेको धनगढी वण्डर वोमेन्स र नेरी थापा मार्की खेलाडी रहेको काठमाडौँ सुपर च्याम्पियन्स रहेका छन्।

सहभागी टोलीका मालिकहरु दीपक सुवेदी र अनिल भण्डारी (भैरहवा क्विन्स), अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायन्स), हरि खनाल (धनगढी वन्डर वोमेन) र नायिका रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन्।

लिगमा खेल्ने खेलाडीहरु चयन गर्न यसै महिना अक्सन आयोजना गरिसकिएको छ जसबाट ५२ खेलाडीहरु बिभिन्न टिमले चयन गरिसकेका छन्।

अक्सनमा सोनु खड्का, इन्दु बर्मा र बिन्दु रावललाई भैरहवा क्विन्स, काजल श्रेष्ठ र अप्सरी बेगमलाई बिराटनगर रोअरिंग लायन्स, कबिता कुँवर र ज्योति पाण्डेलाई धनगढी वन्डर वोमन र सरिता मगर, ममता चौधरी र रोमा थापालाई काठमाडौं सुपर च्याम्पियन्सले ७५ हजार रुपैयाँमा खरिद गरेको थियो।

 

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]