बल्ल जित्यो पाकिस्तान, सिरिज बराबरीमा

  • विकेटनेपाल – ११ माघ, बिहिवार

न्युजील्याण्ड बिरुद्धको दोस्रो टि-२० अन्तर्राष्ट्रियमा पाकिस्तानले ४८ रनको शानदार जित दर्ता गरेको छ।

न्युजिल्याण्ड भ्रमणमा पाकिस्तानको यो पहिलो जित पनि हो। शृंखलाको पहिलो खेलमा भने न्युजिल्याण्डले ७ विकेटको जित दर्ता गरेको थियो भने ५ एकदिवसीयको सिरिज पनि क्लिनस्विप गरेको थियो। ३ वटा टि-२० सिरिज १-१ को बराबरीमा पुगेपछि निर्णायक टि-२० जनवरी २८ मा खेलिनेछ।

अक्ल्याण्डमा टस जित्दै पहिले ब्याटिंगमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा २०१ रनको बिशाल योगफल तयार गरेको थियो। उसका फखर जमान र बाबर आजमले अर्ध-शतक बनाए।

धारिलो न्युजिल्याण्डको बलिंगको पाकिस्तानले गतिलो जवाफ प्रस्तुत गर्न सफल भयो। पहिलो विकेटका लागि अहमद सेहेजाद र फखार जमानले ९४ रनको साझेदारी गरेका थिए। सेठ र्यांसको बलमा इश् सोढ़ीको हातबाट क्याच आउट हुनअघि सेहेजादले ४४ रन जोडेका थिए। मात्र ३४ बलमा उनले ६ चौका र १ छक्का प्रहार गरे।

पहिलो विकेटका लागि ठुलो साझेदारी भएपनि दोस्रो विकेटका लागि भने पाकिस्तानले त्यो दोहोर्याउन सकेन। टोलिको खातामा ९६ रन हुँदा फखर जमानपनि पभेलियन फर्किएका थिए। फखार मात्र २८ बलमा ५ चौका र ३ छक्का सहित ५० रन जोड्दा कोलिन डी ग्रयाण्डहोमको शिकार बने।

त्यसपछि भने पाकिस्तानको इनिगलाई सम्हाल्ने क्रममा कप्तान सरफराज अहमद र बाबर आजमले तेस्रो विकेटका लागि ९१ रनको साझेदारी गरे। बाबरले मात्र २९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५० रन जोडे भने सरफराजले २४ बलमा ४१ रनको बिष्फोटक इनिंग खेल्न भ्याए।

घरेलु टोलि न्युजील्याण्डको बलिंगमा बेन व्हिलरले २ विकेट लिएका थिए। यस्तै कोलिन डी ग्रयाण्डहोम् र सेठ र्यांसले पनि समान १-१ विकेट हात पारेका थिए।

न्युजिल्यान्ड इनिंग 

२०२ रनको बिजयी लक्ष्य लिएर उत्रिएको न्युजिल्याण्ड मात्र १८.३ ओभरमा १५३ रन जोड्दा अल आउट हुन पुग्यो। न्युजिल्याण्डको चेजमा मिचेल स्यान्ट्नरले ३७ तथा बेन व्हिलरले ३० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले खुलेर ब्याटिंग गर्न सकेनन्। स्टार खेलाडीहरु मार्टिन गुप्टिल, कोलिन मुन्रो, केन विलियम्सन नचल्दा खेलको नतिजा पाकिस्तानको पक्षमा गएको थियो।

पाकिस्तानका बलरले लगातार विकेट लिंदा न्युजिल्याण्डका ब्याट्सम्यानले साझेदारी बनाउने मौकानै पाएनन्।

घरेलु टोलिलाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका फाहिम अश्रफले ३ विकेट हात पारे। ३.३ ओभरको स्पेलमा अश्रफले मात्र २२ रन खर्चदै न्युजिल्याण्डलाई ३ झट्का दिए। यस्तै मोहमद आमिर र शदाव खानले पनि समान २-२ विकेट निकाले। खेलको म्यान अफ दि म्याच फखर जमान घोषित भए। यी दुई टोलि बिचको तेस्रो तथा अन्तिम टि-२० खेल आईतवार हुनेछ।

( फोटोहरु – आईसीसी, पीसीबि )





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]