रोमान्चक खेलमा जिम्बाबेसँग श्रीलंका १२ रनले पराजित

  • विकेटनेपाल, माघ ३ – बुधबार

बंगलादेश, श्रीलंका र जिम्बावे बीच जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला अन्तर्गतको दोश्रो खेलमा श्रीलंकालाई पराजित गर्दै जिम्बावे बिजयी भएको छ। शृंखलाको पहिलो खेलमा जिम्बावे आयोजक बंगलादेशसँग पराजित भएको थियो ।

शेर ए बंग्ला राष्ट्रिय मैदान मिरपुरमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाउंदै २९० रन बनाएको थियो । जिम्बावेका लागि राम्रो सुरुवात दिने क्रममा ओपनर ह्यामिल्टन मासाकद्ज़ा र सोलोमोन मिरले पहिलो विकेटका लागी ७५ रनको साझेदारी गरे। मासाकद्ज़ाले ७३ ( ८३ बल, १० चौका ) तथा  मिरले ३४ रन बनाए।

त्यसपछि लड्खडाएको जिम्बावेको पारीलाई सिकन्दर रजाले सम्हालेका थिए । शृंखलाको लगातार दोश्रो अर्धशतक प्रहार गर्ने क्रममा रजाले ६७ बलमा ८ चौका र १ छक्काका साथ अविजित ८१ रनको योगदान दिए । यस क्रममा उनले पाँचौ विकेटका लागि वालरसँग ५७ र छैठौ विकेटका लागि पिटर मोरसँग महत्पूर्ण ६१ रनको साझेदारी गरे।

ह्यामिल्टन मासाकद्ज़ाले अर्धशतकीय योगदान दिए ( फोटो – आईसीसी )

बलिंगतर्फ श्रीलंकाका असेला गुनारत्नेले ३७ रन खर्चेर ३ विकेट हात पार्दा किफायती बलिंग गर्दै थिसारा पारेराले १० ओवरको स्पेलमा मात्र ४३ रन खर्चेर २ विकेट चट्काए । महँगो साबित सुरंगा लक्मलले भने ७० रन खर्चेर १ विकेट लिएका थिए।

चतराको उत्कृस्ट बलिंगमा थोरैले चुक्यो श्रीलंका 

२९१ रनको लक्ष पछ्याउ उत्रिएको श्रीलंकाले ४८.१ ओभरमा सबै विकेट गुमाउदै २७८ रनमात्र बनाउन सक्यो र १२ रनले पराजित भयो ।

श्रीलंकाका लागि कुसल परेराले ८० रन बनाउन ८३ बलमा ८ चौका र २ छक्का प्रहार गरे भने थिसरा परेराले आक्रामक ६४ रन बनाउन ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै एन्जेलो म्याथ्युज र दिनेश चण्डीमलले क्रमश: ४२ र ३४ रनको पारि खेले।

टन्डाई चतराले ४ विकेट लिए

श्रीलंकाको आठौ विकेट गएपछि क्रिजमा थिसरा परेरा र असेला गुनारत्ने रहेका थिए तर रोमान्चक अवस्थामा पुगेको खेलमा परेरा आउट भएपछी खेलले मोड लिएको थियो।

जिम्बाबे बलर टन्डाई चतराले ४ विकेट लिन ३३ रन खर्चिए भने ग्रेम क्रिमर र क्याल जर्विसले समान २/२ विकेट हात पारे। खेलमा अविजित ८१ रन तथा १ विकेट सँगै २ वटा उत्कृस्ट क्याच लिएका सिकन्दर रजा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको तेस्रो खेलमा शुक्रबार बंगलादेश र श्रीलंका खेल्नेछन्।

( फोटो र ग्राफिक्स – आईसीसी )





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]