टेस्ट सिरिज खेल्न वेस्टइन्डिज इंग्ल्यान्ड प्रस्थान, यस्तो छ खेलतालिका

वेस्टइन्डिज क्रिकेट टिम टेस्ट सिरिज खेल्न इंग्ल्यान्ड भ्रमणको लागि मंगलबार बिहान एन्टीगुवाबाट प्रस्थान गरेको छ। खेलाडीहरुको गत साता कोभिड-१९ टेस्ट गरिएको थियो जसबाट सबै खेलाडीहरुको रिपोर्ट नेगेटिभ आएको थियो।

इंग्ल्यान्ड क्रिकेट बोर्डको खर्चमा खेलाडीहरु प्राइभेट चार्टर प्लेनमा म्यानचेस्टरतर्फ प्रस्थान गरेका हुन्। सिरिज जुलाई ८ देखि सुरु हुनेछ। सिरिजको सबै खेलहरु दर्शक बिना खेलिनेछ।

इंग्ल्यान्ड ओल्डट्रयाफोर्ड, म्यानचेस्टर पुगेपछि पुनः वेस्टइन्डिज टिमको कोभीड-१९ टेस्ट गरिनेछ जसको नतिजा २ दिन पछि आउनेछ । सात हफ्ता इंग्ल्यान्ड रहंदा टिम ‘जैव सुरक्षित’ वातावरणमा बस्ने, अभ्यास गर्ने र तिन वटा टेस्ट खेल्नेछ।

भ्रमणमा हाल भारतमा रहेका कारण आउन नसकेकोले ब्याटिंग प्रशिक्षक मोन्टि देसाई आउन सकेनन् जसको स्थान फलोयड रिफरले लिएका छन्। यस्तै भारतीय टिम एनालिस्ट एआर श्रीकान्थले भारतबाटै काम गर्नेछन्।


“यो क्रिकेट खेललाई अघि बढाउन ठुलो कदम हो कि हामि सिरिज खेल्न इंग्ल्यान्ड जाँदै छौँ। हामीले नयाँ परिस्थितिमा खेल्नको लागि निकै तयारी गरेका छौँ। म सबैको समर्थनको लागि निकै खुसि छु जसले हामिलाई प्रेरणाको काम गरेको छ।” वेस्टइन्डिज कप्तान जेसन होल्डरले बताए।

यस्तो छ सिरिजको खेल तालिका 

विस्डन ट्रफी सिरिज अन्तर्गत तिन वटा टेस्ट म्याच खेलिनेछन्। सिरिजको पहिलो टेस्ट जुलाई ८ बाट साउथाम्टनमा ( जुलाई ८ -१२ ) मा सुरु हुनेछ। दोश्रो र तेश्रो टेस्ट म्यानचेस्टर स्थित ओल्ड ट्रयाफोर्डमा खेलिनेछ। जुलाई १६-२० र जुलाई २४-२८ मा दोश्रो र तेश्रो टेस्ट खेलिनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy