जिल्लास्तरिय अन्तर विद्यालय क्रिकेट : पिसल्यान्ड र शिब्सकाे विजयी

२०७९ पुष २, शनिबार २१:१५

चन्दनकुमार यादब, पुस २ राजबिराज,

राजबिराजमा सप्तरी क्रिकेट सँघकाे आयोजना तथा नेपाल क्रिकेट फाउन्डेशनकाे सहयाेगमा संचालित जिल्ला स्तरिय अन्तरविद्यालय एकदिवसिय क्रिकेट प्रतियाेगितामा पिसल्यान्ड र शिब्स स्कुल विजयी भएका छन्।

शनिवार पविमाबिकाे खेलमैदानमा पहिलाे खेलमा टस जितेर पिसल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रनकाे याेगफल खडा गरेका थिए। जसमा अभिषेक मण्डलले ४२ रन, मनु दास २७, शंभु मण्डल २२ र राहुल मण्डलले ११ जाेडेका थिए।

बलिंगतर्फ म्याक्सेल ईगंलिस बाेडिंग स्कुलका प्रताप यादबले ३ विकेट, कैलास साह २ र माे. कमरूद्विन तथा मनाेज यादबले १/१ बिकेट हात पारेका थिए।

प्रतिउतरमा म्याक्सेल स्कुलले २० अाेभरमा ९ बिकेट गुमाएर १ सय २५ रनमै सिमित भएपछि पिसल्यान्ड स्कुल १० रनले बिजय भएका हाे। जसमा राहुल यादब २३ रन, माे. कमरूद्विन १४ असफक अालमले १८ रन बनाउदै अविजित रहेपनि टिमलाई जित दिलाउन सकेन।

यता बलिंग तर्फ पिसल्यान्डका शंभु यादबले ४ बिकेट मनु दास २ बिकेट र अारयन दास, श्यामबाबु मण्डल,प्रदिप दासले समान्य १/१ बिकेट लिएका थिए।

खेलकाे म्यान अफ दि म्याच अभिषेक मण्डल घाेषित भएकाे सप्तरी क्रिकेट सँघले जनाएकाे छ।

यसैगरी अाजै सम्पन्न कन्छुनरप्रताप माबि रायपुर र शिब्स स्कुल बिच भएकाे खेलमा रायपुर स्कुल लाई शिब्सले २५ रनले पराजित गर्दै जित हात पारेकाे छ।

टस जितेर शिब्सले २० अाेभरमा ३ बिकेट गुमाएर १ सय ३७ रनकाे याेगफल खडा गरेका थिए। जसमा विशाल यादबले उत्कृष्ट ब्याटिंग गर्दै अर्धशतकिय पारी खेल्दै ६४ रन बनाएका थिए भने त्यस्तै राेहित यादब ४७ रन, र कृष्ण साहले १६ रन जाेडेका थिए।

बलिंग तर्फ रायपुर माबिका शनि चाैधरी र अजय अधिकारीले १/१ बिकेट हात पारेका थिए।

जवाफमा रायपुर माबिले २० अाेभरमा ७ बिकेट गुमाई १ सय १२ रन मात्र बनाउन सकेका थिए। जसमा अमित चाैधरी २२ रन,सुमन चाैधरी १८ र हेमन्त मेहताले १६ रन बनाएपनि जित हात पार्न सकेन, याे सँगै शिब्स २५ रनले खेलमा जित निकाल्न सफल भएका थिए।

बलिंग तर्फ शिब्सका कृष्ण साहले सर्वाधिक ४ बिकेट र सुशान्त देव/ बिकास यादब/ पंकज रायले १/१ बिकेट लिएका थिए।

खेलकाे म्यान अफ दि म्याच शिब्सका विशाल यादब घाेषित भएकाे अायाेजित समितिले जनाएकाे छ।

भाेलीकाे पहिलाे खेल नरेन्द्र मेमाेरियल बाेरिया र ग्रिन स्कुल राजबिराज तथा दाेस्राे खेल लिटिल एन्जेल र लाली गुरास स्कुल बिच हुने अायाेजक ले जनाएकाे छ

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy