धादिङ। निलकण्ठ नगरपालिकाले धादिङ अन्तरपालिका स्तरीय यू -१९, टी -२० क्रिकेट प्रतियोगिता फाइनलमा बेनीघाट रोराङलाई पाजित गर्दै उपाधि जितेको छ।
टर हारेर व्याटिङमा उत्रिएको नीलकण्ठले ७ विकेटको क्षेतिमा दिएको १५२ रनको विशाल लक्ष्य पछ्याएको बेनीघाट रोराङले सबै विकेटको क्षेति सँगै ९७ रनमा रोकिँदा नीलकण्ठ नगरपालिका च्याम्पियन भएको हो।
नीलकण्ठ नगरपालिकामा ब्याटर सन्दिप श्रेष्ठले ३१ बलमा ६१ रनजोड्दा अर्का ओपनर सुसान रेग्मीले ३५ बलमा ४५ रनको योगदान दिएका थिए। बलिङ तर्फ बेनिघाट रोराङ गाउँपालिकामा अनमोल पाण्डेले २ ओभरमा १७ रन दिएर ४ विकेट हात पारे। त्यस्तै बेनिघाटका अर्का बलर श्रीजन पाण्डेले ३ ओभरमा ३० रन खर्चिएर २ विकेट लिए।

१ सय ५२ रनको टार्गेट लिएर दोश्रो इनिङमा ब्याटिङ गर्न आएको बेनिघाट रोराङ गाउँपालिका ९७ रनमा अलआउट हुँदा पराजीत हुन पुग्यो। बेनिघाट रोराङ गाउँपालिकाको सुरुवाती ब्याटरहरुले खासै रन बनाउन नसक्दा सुरुमै दवावमा परेको थियो। मध्यक्रमका ब्याटर इशाक मियाले ३५ बलमा नटआउट रहदै ब्यक्तिगत ५६ रनको योगदान दिएपछि बेनिघाटले सम्मानजनक स्कोर गर्न सफल भएको थियो। बेनिघाटका अर्का ब्याटर वीलियम श्रेष्ठले १६ बलमा १९ रनको योगदान दिएका थिए। बलिङ तर्फ नीलकण्ठ नगरपालिका कृतन गुरुङले ३ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिएका थिए। त्यस्तै राहुल रोक्काले ३ ओभरमा १९ रन दिएर २ विकेट लिएका थिए।
धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा जेष्ठ १५ देखि धादिङमा भएको उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी नीलकण्ठका सन्दिप श्रेष्ठ, उत्कृष्ट बलरमा नीलकण्ठ कै आयुष भट्ट, उत्कृष्ट ब्याटरमा बेनीघाट रोराङका श्रीजन पाण्डे र उदयमान खेलाडीमा बेनीघाट रोराङका १२ वर्षिय अनमोल पाण्डे घोषित भएका थिए।
प्रतियोगीताकै अवसरमा धादिङ जिल्लामा जन्मिएर बागमती प्रदेशको प्रतिनिधित्व गदै राष्ट्रिय स्तरको महिला क्रिकेट खेलेका नीलकण्ठ नगरपालिका वडा नं ८ कि अप्सरा कुमाल र सिद्धलेक गाउँपालिका वडा नं ७ की सानिया गिरीलाई धादिङ जिल्ला क्रिकेट संघको तर्फबाट सम्मान गरिएको थियो।
विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनीघाट रोराङका पालिका प्रमुख कृष्ण बहादुर थपलिया (विवेक), विशेष अतिथि नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए। नेपाल क्रिकेट संघ (क्यान) को जिल्ला सदस्य मान्यता तयारी मा रहेको धादिङले घरेलु क्रिकेटमा काम गर्दै आएको छ। सिनियरतर्फ धादिङ टि-२० लिग आयोजना गर्दै आएको छ। यस वर्ष जिल्ला लिग थप उत्कृष्ट गर्ने तयारी गरेको संघका अध्यक्ष दिपेश कंडेलले बताए। धादिङ दुई वर्ष अघि बागमति प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता मा उप विजेता बनेको थियो। त्यस बेला काठमाडौं , काभ्रे र रसुवालाई हराउदा फाइनलमा मकवानपुरसँग हार्न पुगेको थियो।
