सुनिल थापा । बीबीएकपक्रिकेटप्रतियोगिताकुनैसामान्यप्रतियोगिताहोइन, योएउटापरम्पराहो।शिक्षा र खेलकुदको संगम हो, जुनले विगत १५ वर्षदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना सिकाउँदै आएको छ।
यो प्रतियोगिताको सुरुआत टियुमा आवद्ध देशभरका बीबीए पढ्ने विद्यार्थीको पढाई सहित खेल जीवनको बिकास गर्ने आशयबाट भएको हो। सबै भन्दा बढी उपाधि जित्ने टोलि लगातार चार वर्षसम्म उपाधि जितेर आफ्नो दबदबा कायम गर्ने पब्लिक युथ क्याम्पस, धोबिचौर, काठमाडौँ हो। पछिल्लो संस्करणमा केसीएमआईटीले उपाधि जित्दै नयाँ विजेता बनेको थियो। हरेक वर्ष काठमाडौंमा देशभर बाट विभिन्न क्याम्पसहरूका सयौं विद्यार्थीको सक्रिय सहभागिताले यस प्रतियोगितालाई राजधानीको प्रतिष्ठित विद्यार्थी खेलकुद आयोजनामा परिणत गरेको छ। पछिल्ला चार संस्करण भने सुनिल थापाको नेतृत्व सहित Man Can Do इवेंट्स प्रालिले गर्दै आएको थियो।
तर, दुःखको कुरा के छ भने, यस वर्ष त्रिभुवन विश्वविद्यालयले यस्ता प्रतियोगितालाई अनुमति नदिने निर्णय गरेको छ। यस्तो निर्णय केवल निराशाजनक मात्र होइन, शिक्षाको व्यापक उद्देश्यविपरीत समेत हो। शिक्षाले केवल किताबी ज्ञान दिनु हुँदैन, जीवनका सीप, सामाजिकता, नेतृत्व र आत्मविश्वास पनि विकास गराउनु पर्छ—र यस्ता प्रतियोगिताहरू त्यसैका माध्यम हुन्।
बीबीए कपले नेपाली क्रिकेट समुदायमा पनि नयाँ ऊर्जा थपेको छ। धेरै विद्यार्थीहरूले यही प्रतियोगिताबाट प्रेरणा लिएर क्लब क्रिकेट हुँदै राष्ट्रिय स्तरसम्मको यात्रा तय गरेका छन्। यसले मैदानमा मात्र होइन, जीवनमा पनि टीम वर्क, अनुशासन र हार-जीत स्वीकार्ने संस्कार सिकाएको छ।
मेरो स्पष्ट भनाइ छ—त्रिभुवन विश्वविद्यालयले लिएको निर्णय तत्काल फिर्ता लिनुपर्छ। अन्यथा, विद्यार्थीहरू यो निर्णयको विरोधमा उत्रन बाध्य हुनेछन्। हामी रोकिँदैनौं, किनकि यो लडाइँ केवल खेलको लागि होइन, हाम्रो पहिचान, हाम्रो अधिकार, र हाम्रो भविष्यको लागि हो।
बीबीए कप कुनै खेलमात्र होइन, विद्यार्थीको भावना र योगदानको प्रतीक हो। त्यसलाई रोक्न खोज्नु सम्पूर्ण विद्यार्थी समाजमाथिको अन्याय हो। हामी बोल्नेछौं, खेल्नेछौं र लड्नेछौं—न्याय नपाएसम्म।
