जुनियर क्रिकेट लिग हुने

२०८२ श्रावण २९, बुधबार १९:१४

एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग भदौ ३ गतेदेखि हुने भएको छ । प्रतियोगितामा अधिक्तम १६ टिमको सहभागिता रहने आयोजक स्कुलका प्रिन्सिपल टकबहादुर थापाले जनाएका छन् ।

कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागी हुन पाउने आयोजक स्कुलका खेलकुद विभाग प्रमुख सुमन तिमिल्सिनाले जानकारी गराए ।

एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीको व्यवस्थापनमा हुने प्रतियोगिताका खेल मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा खेलाइने प्रतियोगिता संयोजक कुशल खड्काले जनाएका छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy