काठमाडौँ र बाँके बिजयी : बहिरा रास्ट्रिय क्रिकेट

आठौ बहिरा रास्ट्रिय क्रिकेट प्रतियोगिता आज देखि काठमाडौँमा सुरुभएको छ l पहिलो दिन सम्पन्न भएका २ वटा खेलमा काठमाडौँ र बाँकेले बिजयी सुरुवात गरेका छन् l

रास्ट्रिय बाहिर क्रिकेट संघको आयोजनामा पुल्चोक इन्जिनियरिङ मैदानमा सम्पन्न पहिलो खेलमा काठमाडौँले सुनसरीलाई २० रनले पराजित गर्यो l टस जितेर ब्याटिंग गरेको काठमाडौँले निर्धारित १८ ओभरमा तयार पारेको ९२ रनको प्रतिउत्तरमा सुनसरीले १५ ओभरमा सम्पूर्ण विकेट गुमाई ७२ रन मात्र बनाउन सक्यो l

पहिलो इनिंगमा काठमाडौँको लागि प्रणय भट्टराईले सर्बाधिक २० रन बनाए भने सुनसरी बलर निरज श्रेष्ठले ४ विकेट हात पारे l सुनसरीलाई सस्तोमा समेट्न काठमाडौँ बलर बिमल गुरुङले ३ विकेट हात पारे l

आजै सम्पन्न दोश्रो रोमान्चक खेलमा झापालाई बाँकेले १ विकेटको अन्तरले पराजित गर्यो l टस जितेर ब्याटिंग गर्दै झापाले निर्धारित १८ ओभरमा बनाएको १११/९ को प्रतिउत्तरमा ब्याटिंग गरेको बाँकेले १७ ओभरमा ९ विकेट गुमाई लक्ष प्राप्त गर्यो l बाँकेका अन्जन राजबंशीले १९ तथा दिनेश पनेरुले १६ रन बनाए l बलिंग तर्फ पनि अन्जन राजबंशीले ४ विकेट हात पारेका थिए l

प्रतियोगिताको भोलि हुने २ खेल मध्ये पहिलो खेलमा सुनसरी र कास्की र दोश्रो खेलमा मोरंग र बाँके बीच प्रतिस्पर्धा हुनेछ l

६ टिम सहभागी प्रतियोगिताको समुह ‘ए’ मा मोरंग, बाँके र झापा छन् भने समुह ‘बि’ मा कास्की, काठमाडौँ र सुनसरी रहेका छन् l प्रतियोगिता माघ २२ गते सम्म चल्नेछ l

 





थप समाचार

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]