आइपीएल : राजस्थान र दिल्ली भिड्दै

काठमाडौं । १७ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत नवौं खेलमा आज (बिहिबार) राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच भिडन्त हुँदैछ ।

राजस्थान रोयल्सको घरेलु मैदान सवाइमान सिंह क्रिकेट स्टेडियम जयपुरमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बाट शुरु हुनेछ ।

जारी सिजनमा राजस्थान रोयल्सले आफ्नो पहिलो खेल जितेको थियो । दिल्लीले भने आफ्नो पहिलो खेलमा हार व्यहोरेको छ।

राजस्थानले अघिल्लो खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको थियो । दिल्ली भने पञ्जाव किंग्ससँग पराजित भएको थियो।

राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ। राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो । २०२२ को उपविजेता टिम हो।

त्यसैगरी दिल्ली क्यापिटल्स ऋषभ पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपीएलबाट क्रिकेटमा पुनरागमन गरेका छन्।

दिल्ली क्यापिटल्सको आइपीएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो ।





थप समाचार

ललितपुर मेयर्स कप आजबाट, बागमती र ललितपुर खेल्दै

काठमाडौं । ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता आज (शनिबार) बाट सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र […]

वाइड र नो-बल बिनाको त्यो विश्वकप …

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ । […]

चेन्नईमाथि गुजरातको सहज जित

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]

गिल र सुदर्शनको शतकमा चेन्नईलाई २३२ रनको लक्ष्य

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]

विश्वकपका लागि नामिबियाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नामिबियाको टोली घोषणा भएको छ […]

आइपीएल : चेन्नई र गुजरात खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ५९ औं खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाईटन्सबीच […]