काठमाडौं । १७ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज(आइतबार) दुई खेल हुँदै छन् ।
पहिलो खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच हुँदै छ ।
गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा यस खेल नेपाली समय अनुसार दिउँसो पौने ४ मा हुनेछ । गुजरात र हैदरावादले यस सिजन समान दुई दुई खेल खेलेकोमा एक एक खेल जित निकालेका छन् ।
गुजरातले पहिलो खेलमा चेन्नईविरुद्ध हार व्यहोरेको थियो । भने, दोस्रो खेलमा मुम्बईलाई पराजित गरेको थियो । त्यसैगरी हैदराबादले पहिलो खेलमा कोलकोता नाइट राइडर्ससँग हार व्यहोरेको थियो । भने, दोस्रो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।
आइपीएल ईतिहासमा गुजरात र हैदराबाद तीन पटक आमने सामने भएका छन् । गुजरात दुई तथा हैदराबाद एक खेलमा विजयी भएको छ ।
आजै हुने दोस्रो खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच हुँदै छ।
दिल्लीको घरेलु मैदान भिडिसिए क्रिकेट स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ८ देखि सुरु हुनेछ ।
दिल्ली क्यापिटल्सले यस सिजनका आफ्ना दुवै खेलमा हार व्यहोरेर खराब शुरुवात गरेको छ। दिल्लीले पहिलो खेलमा पञ्जाव किंग्ससँग हार बेहोरेको थियो । भने, दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो।
त्यस्तै चेन्नईले भने यस सिजनका शुरुवातका दुवै खल जितेर शानदार शुरुवात गरेको छ। चेन्नईले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएको थियो । भने, दोस्रो खेलमा गुजरात टाइटन्सलाई पराजित गरको थियो।