हैदराबादले गुजरातलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल)को १२ औं खेलमा सनराईजर्स हैदराबादले गुजरात टाईटन्सलाई जितका लागि १ सय ६३ रनको लक्ष्य दिएको छ ।

गुजरातको घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

हैदराबादका लागि अब्दुल समादले १४ बलमा ३ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए । शाहबाज अहमदले २० बलमा १ चौका र १ छक्काको सहयोगमा २२ रन बनाए । समाद र अहमदले छैटौं विकेटका लागि ४५ रनको साझेदारी गरे ।

अभिषेक शर्माले २० बलमा २ चौका र २ छक्काको सहयोगमा २९ रन बनाए । हेनरिक केल्सनले १३ बलमा १ चौका र २ छक्काको सहयोगमा २४ तथा ऐडन माकरमले १९ बलमा १७ रन बनाए । ओपनर ट्राभिस हेडले १४ बलमा ३ चौकाको सहयोगमा १९ रन बनाए ।

गुजरातका लागि मोहित शर्माले ३ तथा राशिद खान, उमेश यादव, अजमतुल्लाह उमरजाई र नुर अहमदले समान १/१ विकेट लिए ।

गुजरात र हैदरावादले यस सिजन समान दुई दुई खेल खेलेकोमा एक एक खेल जित निकालेका छन् ।

गुजरातले पहिलो खेलमा चेन्नईविरुद्ध हार व्यहोरेको थियो । भने, दोस्रो खेलमा मुम्बईलाई पराजित गरेको थियो । त्यसैगरी हैदराबादले पहिलो खेलमा कोलकोता नाइट राइडर्ससँग हार व्यहोरेको थियो । भने, दोस्रो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।

आइपीएल ईतिहासमा गुजरात र हैदराबाद तीन पटक आमने सामने भएका छन् । गुजरात दुई तथा हैदराबाद एक खेलमा विजयी भएको छ ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]