काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को १४ औं खेलमा राजस्थान रोयल्सको धारिलो बलिङ सामू मुम्बई इन्डियन्सले १ सय २६ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदान वागंखडे क्रिकेट स्टेडियम टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन बनायो ।
मुम्बईका लागि कप्तान हार्दिक पान्ड्याले २१ बलमा ६ चौकाको सहयोगमा ३४ रन बनाए । तिलक बर्माले २९ बलमा २ छक्काको सहयोगमा ३२ रन बनाए । पान्ड्या र बर्माले ५ औ विकेटका लागि ५६ रनको साझेदारी गर्दै टोलीलाई राम्रो योगफलमा पुर्याउने लक्ष्य राखे पनि पान्ड्यालाई युजभेन्द्र चहलले आउट गराए पछि त्यो साझेदारी तोडिएको थियो ।
टिम डेबिडले २४ बलमा १ चौकाको सहयोगमा १७ रन बनाए । ओपनर इशान किशनले १४ बलमा २ चौका र १ छक्काको सहयोगमा १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान ३ तथा नान्र्दे बर्गरले २ विकेट लिए ।
