आइपीएल : बेंगलुरु र लखनाउ खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जाइन्ट्सबीच खेल हुदैछ ।

१७औं संस्करणको १५ औं खेल बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती पौने ८ देखि शुरु हुदैछ ।

जारी आइपिएलमा बेंगलुरुले तीन खेलमा एक जित र दुई खेलमा हार व्यहोरेको छ । भने, लखनाउले दुई खेलमा एक जित र एक हार व्यहोरेको छ । बेंगलुरुले पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो । भने, चेन्नई सुपर किंग्स र कोलकोता नाईटराईडर्सविरुद्ध हार व्यहोरेको थियो ।

लखनाउले राजस्थान रोयल्सविरुद्ध हार व्यहोरेको थियो । भने, पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो । यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो ।

आईपीएल ईतिहासमा यि दुवै टोली चार पटक आमने सामने भएका छन् । जसमध्ये तीन खेलमा बेंगलुरु विजयी हुदाँ एक खेल लखनाउले जितेको छ ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]