आइपीएल : बेंगलुरु र लखनाउ खेल्दै

२०८० चैत्र २०, मंगलवार १२:११

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जाइन्ट्सबीच खेल हुदैछ ।

१७औं संस्करणको १५ औं खेल बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती पौने ८ देखि शुरु हुदैछ ।

जारी आइपिएलमा बेंगलुरुले तीन खेलमा एक जित र दुई खेलमा हार व्यहोरेको छ । भने, लखनाउले दुई खेलमा एक जित र एक हार व्यहोरेको छ । बेंगलुरुले पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो । भने, चेन्नई सुपर किंग्स र कोलकोता नाईटराईडर्सविरुद्ध हार व्यहोरेको थियो ।

लखनाउले राजस्थान रोयल्सविरुद्ध हार व्यहोरेको थियो । भने, पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो । यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो ।

आईपीएल ईतिहासमा यि दुवै टोली चार पटक आमने सामने भएका छन् । जसमध्ये तीन खेलमा बेंगलुरु विजयी हुदाँ एक खेल लखनाउले जितेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy