आइपीएल : गुजरात र पन्जाब भिड्दै

काठमाडौं । १७ औँ संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज गुजरात टाइटन्स र पन्जाब किंग्स भिड्दै छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा खेल नेपाली समय अनुसार साझँ पौने ८ देखि शुरु हुने छ ।

जारी सिजनको आइपिएलमा गुजरातले तीन खेलमा दुई जित र एकमा हार व्यहोरेको छ । चार अंक सहित गुजरात अंक तालिकाको पाँचौ स्थानमा छ । गुजरातले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो । भने, दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग हार व्यहोरेको थियो । त्यस्तै तेस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो ।

उता, पञ्जाव किंग्सले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ । दुई अंकका पन्जाब अंक तालिकाको सातौं स्थानमा छ । पन्जाब किंग्सले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । भने, त्यसपछि रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टसँग पराजित भएको थियो ।

आइपीएल ईतिहासमा यि दुई टोली तीन पटक आमनेसामने भएका छन् । दुई खेलमा गुजरात विजयी हुँदा एक खेल पन्जाबले जितेको छ ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]