चेन्नईले हैदराबादलाई दियो १६६ रनको लक्ष्य

२०८० चैत्र २३, शुक्रबार २१:२५

काठमाडौं । १७ औं संस्करणको इण्डियन प्रिमियर लिग(आइपीएल)को १८ औं खेलमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई १ सय ६६ रनको लक्ष्य दिएको छ ।

हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनायो ।

चेन्नईका लागि शिभम दुवेले २४ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४५ रन बनाए । अजिङ्का राहाणेले ३० बलमा २ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए ।

रविन्द्र जडेजाले २३ बलमा ४ चौकाको सहयोगमा अविजित ३१ रन बनाए ।  कप्तान ऋतुराज गायकवाडले २१ बलमा २६ तथा ड्यारियल मिचेलले ११ बलमा १३ रन बनाए ।

हैदराबादका लागि टि नटराजन, प्याट कमिस, भुवेनेश्वर कुमार, जयदेव उन्नादकड र शाहबाज अहमदले समान १/१ विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy