आइपीएल :पन्जाब र हैदराबाद भिड्दै

काठमाडौं । १७ औँ संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) मा आज (मंगलवार) एक खेल हुँदै छ।

मंगलबार हुने खेलमा सनराईजर्स हैदराबाद र पञ्जाव किंग्स भिड्दै छन् । पन्जाबको घरेलु मैदान मुल्लापुरमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ८ बजेदेखि शुरु हुनेछ।

जारी सिजनको आइपिएलमा हैदराबादले ४ खेल खेलेकोमा २ मा जित र २ मा हार व्यहोरेरे अंक तालिकाको पाँचौ स्थानमा छ । पहिलो खेलमा कोलकाता नाईट राईडर्ससँग पराजित हैदराबादले दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो ।

तेस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित हैदराबादले चौथो खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो ।

उता,पन्जाब किंग्सले पनि ४ खेलमा २ जित र २ हार व्यहोरेको छ ।

पञ्जाव किंग्सले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र तेस्रो खेलमा लखनाउ सुपर जाइन्ट्ससँग पराजित भएको थियो ।

चौथो खेलमा गुजरात टाईटन्सलाई पराजित गरेको थियो । आइपीएल ईतिहासमा यि दुई टोली हालसम्म २१ पटक खेलेका छन् । १४ खेलमा हैदराबाद विजयी हुँदा ७ खेलमा पन्जाब विजयी भएको छ ।

चार खेलमा अपराजित राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा छ । यस लिगमा १० टोलीको सहभागीता रहेको छ ।





थप समाचार

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]