आइपीएल : राजस्थान र गुजरात भिड्दै

२०८० चैत्र २८, बुधबार ०९:१५

काठमाडौं । १७ औँ संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच खेल हुँदै छ।

राजस्थानको घरेलु मैदान सवाइमान सिंह क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ।

जारी आइपीएलमा एक मात्र अपराजित टोली राजस्थानले चार खेल खेल्दै चारमा नै जित हात पारेको छ । राजस्थानले पहिलो खेलमा लखनाउ सुपर जायन्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको थियो ।

तेस्रो खेलमा मुम्बई इन्डियन्स तथा चौथो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको थियो ।

उता, गुजरात टाईटन्स पाँच खेलमा दुई जित र तीन हारका साथ अंक तालिकाको सातौं स्थानमा रहेको छ । पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको गुजरात दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

गुजरातले तेस्रो खेलमा सनराईजर्स हैदराबादलाई हराएको थियो । गुजरात चौथो र पाँचौं खेलमा क्रमशः पन्जाब किंग्स र लखनाउ सुपर जायन्ट्ससँग पराजित भएको थियो ।

आइपीएल ईतिहासमा हालसम्म यि दुई टोलीबीच पाँच खेल भएकामा गुजरात चार खेलमा विजयी हुँदा एक खेल राजस्थानले जितेको छ ।

यस लिगमा १० टोलीको सहभागीता रहेको छ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy