लखनाउमाथि कोलकाताको सहज जित

२०८१ बैशाख २, आईतवार १९:२१

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को २८ औं खेलमा लखनाउ सुपर जाईन्ट्समाथि कोलकाता नाईटराईडर्सले सहज जित निकालेको छ ।

घरेलु मैदान इडन गार्डेन क्रिकेट स्टेडियममा कोलकाताले ८ विकेटको सहज जित निकालेको हो ।

लखनाउले दिएको १ सय ६२ रनको लक्ष्य कोलकाताले १५ दशमलब ४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

कोलकाताको जितमा ओपनर फिलिप साल्टले ४७ बलमा १४ चौका र ३ छक्काको सहयोगमा ८९ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान श्रेयस अय्यरले ३८ बलमा अविजित ३८ रन बनाए । तेस्रो विकेटका लागि अय्यर र साल्टले ७६ बलमा अविजित १ सय २० रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनाउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

लखनाउका लागि निकोलस पुरनले ३२ बलमा २ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए । कप्तान केएल राहुलले २७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रन बनाए ।

आयुष बदोनीले २७ बलमा २९ तथा ओपनर क्विटन डि कक र मार्कस स्टोइनसले समान दश दश रन बनाए ।

कोलकाताका लागि मिचेल स्टार्कले तीन तथा वैभव अरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले समान एक एक विकेट लिए ।

पाँच खेलमा चौथो जित हात पारेको कोलकाता दोस्रो स्थानमा रहेको छ । छ खेलमा तीन हारका साथ लखनाउ पाँचौ स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy