नारायणको शतकमा राजस्थानलाई २२४ रनको लक्ष्य

काठमाडौं । ओपनर सुनिल नारायणको शतकको सहयोगमा कोलकाता नाईटराईडर्सले राजस्थान रोयल्सलाई २ सय २४ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान इडन ग्रार्डेन क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २३ रन बनायो ।

कोलकाताका लागि ओपनर सुनिल नारायणले ५६ बलमा १३ चौका र ६ छक्काको सहयोगमा १ सय ९ रनको शतकीय ईनिङ खेले । आइपीएल करियरको पहिलो शतक सुनिलले ४९ बलमा ११ चौका र ६ छक्काको सहयोगमा पुरा गरे ।

आन्द्रे रसेलले १० बलमा २ चौकाको सहयोगमा १३ रन बनाए । चौथो विकेटका लागि नारायण र रसेलले १९ बलमा ५१ रनको साझेदारी गरे । अंगकृष्न रघुवंशीले १८ बलमा ५ चौकाको सहयोगमा ३० रन बनाए । दोस्रो विकेटका लागि नारायण र रघुवंशीले ४३ बलमा ८५ रनको साझेदारी गरे ।

रिंकु सिहले ९ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २० रन बनाए । कप्तान श्रेयस अय्यरले ७ बलमा ११ तथा ओपनर फिलिप साल्टले १३ बलमा १० रन बनाए ।

राजस्थानका लागि आवेश खान र कुलदिप सेन समान दुई दुई तथा ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान एक एक विकेट लिए ।





थप समाचार

कोशीको सान्त्वना जित

काठमाडौं । ललितपुर मेयर्स एघारलाई पराजित गर्दै कोशी प्रदेशले ललितपुर मेयर्स कपमा सान्त्वना जित निकालेको छ । समूह चरणको अन्तिम […]

अपराजित रहँदै एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रुपमा जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । समूह चरणको […]

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।