गुजरात सामू चलेन पञ्जाबको ब्याटिङ, १४२ रनमा अल आउट

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३७ औं खेलमा गुजरात टाईटन्स सामु पञ्जाब किंग्स १ सय ४२ रनमा अल आउट भएको छ ।

घरेलु मैदान मुल्लापुरमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० औं ओभरको अन्तिम बलमा १ सय ४२ रनमा अल आउट भयो ।

पञ्जाबका लागि प्रभसिमरन सिंहले २१ बलमा सर्वाधिक ३५ तथा अर्का ओपनर तथा हरप्रित ब्रारले १२ बलमा ४ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए ।

टोलीका कप्तान साम करनले १९ बलमा २० रन बनाए । जितेश शर्माले १२ बलमा १३ तथा हरप्रित सिंहले १९ बलमा १४ रन बनाए ।

गुजरातका लागि साइ किशोरले चार तथा मोहित शर्मा र नुर अहमदले समान दुई दुई विकेट लिए ।

यि दुई टोली यो संस्करणमा दोस्रो पटक आमनेसामने भएका हुन् । पहिलो भेटमा पञ्जाबले बाजी मारेको थियो ।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]