काठमाडौं । चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीए) मा आ–आफ्नो खेलमा विजयी हासिल गरेका छन्।
आइतबार भएको दिनको पहिलो खेलमा चेन्नई सुपर किंग्स गुजरात टाइटन्समाथि ८३ रनको सानदार जित हासिल गरेको छ।
चेन्नईले प्रस्तुत गरेको २३१ रनको लक्ष्य पछाएको गुजरातले १८.३ ओभरमा अल आउट हुँदै १४७ रन मात्र बनाएको थियो।
गुजरातका लागि साइ सुदर्शनले सर्बाधिक ४१ रन बनाए भने अर्षद खानले २९ र शाहरुख खानले १९ रन बनाएका थिए। त्यसैगरी चेन्नईका बलर नूर अहमद र अन्शुल कामबोजले ३(३ विकेट लिए भने रविन्द्र जडेजाले २ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले गुजरातलाई २३१ रनको लक्ष्य दिएको थियो। चेन्नईका लागि देवाल्ड ब्रेभिसले सर्बाधिक ५७ रन बनाए भने डेभोन कोनवेले ५२ रन बनाए। त्यस्तै उर्भिल पटेलले ३७ र आयुष महात्रेले ३४ रन बनाएका थिए। गुजरातका बलर प्रसिद्ध कृष्णले २ विकेट लिए भने साइ किशोर, राशिद खान र शाहरुख खानले एक एक विकेट लिए।
यो सागै गुजरातको १४ खेलमा १८ अंकसहित शीर्ष स्थानमा छ। त्यस्तै चेन्नईले भने अन्तिम खेलमा जित निकाल्दै १४ खेलमा ८ अंकसहित पुछारमा रहेर यस सिजनको अन्त्य गरेको छ।
दिनको दोस्रो खेलमा सनराइजर्स हैदरावादले कोलकोता नाइट राइडर्सलाई ११० रनले पराजित गरेको छ।
सनराइजर्सले प्रस्तुत गरेको २७९ रनको लक्ष्य पछाएको कोलकोताले १८.४ ओभरमा अलआउट हुँदै १६८ रन बनाएको थियो। कोलकोताका लागि मनिष पाण्डेले सर्बाधिक ३७ रन बनाएका थिए भने हर्षित रानाले ३४ रन, सुनिल नारानले ३१ रन बनाएका थिए। त्यस्तै सनराइजर्सका बलर जयदेव उनादकट, एशान मालिंगा र हर्ष दुवेले ३(३ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ३ विकेट गुमाउदै २७८ रन बनाएको थियो। सनराइजर्सका लागि हेइनरिक क्लासेनले ३९ बलमा अविजित १०५ रन बनाएका थिए भने ट्राभिस हेडले ७६ रन बनाएका थिए। त्यस्तै अभिषेक शर्माले ३२ र इशान किशनले २९ रन बनाएका थिए ।
यो जितसँगै सनराइजर्सले १४ खेलमा १३ अंक हासिल गरेर छैटौ स्थानमा रहेर आफ्नो सिजनको अन्त्य गरेको छ। त्यस्तै कोलकोताले १४ खेलमा १२ अंक हासिल गर्दै यो सिजनको अन्त्य गरेको छ।
