अनिल खरेल चम्किदा, नेपालको स्कुलले भारतीय भुमिमा जित्यो प्रतिष्ठित स्कुल प्रिमियर लिग

Apex international school
  • विकेटनेपाल, २९ मंसिर

फाइनलमा अनिल खरेल चम्किएपछि बुटवलको एपेक्स स्कुलले भारतको लखनउमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय स्कुल क्रिकेट प्रिमियर लिगको उपाधि जितेको छ l

भारत, श्रीलंका, अफगानिस्तान, बंगलादेश, जिम्बाबे, दक्षिण अफ्रीका, ओमान र भारतका बिभिन्न गरी १६ स्कुलहरुले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेलमा नेपालले अफगानिस्तानको अफगान यार स्कुललाई ५ रनले पराजित गर्दै प्रतिष्ठित प्रतियोगिताको उपाधि जितेको हो l

मंगलबार राति सम्पन्न फाइनल खेलमा टिमको कप्तानी समेत गरेका यु-१६ रास्ट्रीय क्रिकेट टिमका स्टार खेलाडी अनिल खरेलले फाइनल कसिलो बलिंग गर्दै ३ विकेट हात पारे l फाइनल खेलको म्यान अफ द म्याच घोषित भएका खरेल प्रतियोगिताभर ११ विकेट लिंदै प्रतियोगिताकै उत्कृस्ट बलर समेत घोषित भए l बायाँ हाते स्पिनर खरेलले प्रतियोगिताको उत्कृस्ट फिल्डरको समेत उपाधि आफ्नो बनाए l खरेलले विदुरा स्कुल श्रीलंका विरुद्ध प्रतियोगिताको पहिलो खेलमा ४ विकेट लिएका थिए l

अन्य टिम कप्तान संग एपेक्सका कप्तान अनिल खरेल
अन्य टिम कप्तान संग एपेक्सका कप्तान अनिल खरेल

फाइनल खेलमा पहिले ब्याटिंग गरेको एपेक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १०१ रन मात्रै बनाउन सक्यो l प्रतिउत्तरमा ब्याटिंग गरेको अफगान यार स्कुललाई एपेक्सले कसिलो बलिंग र फिल्डिंग मदतले २० ओभरमा ९६/९ मै सिमित पारेपछि ५ रनको झिनो अन्तरले नेपाली स्कुल बिजयी भएको थियो l

Anil Kharel
अनिललाई पुरस्कार दिंदै पुर्ब भारतीय क्रिकेटर चेतन शर्मा

फाइनल खेलमा नेपाली टिमलाई पुरस्कार वितरण भारतीय पुर्ब खेलाडी तथा प्रसिद्ध कमेन्टेटर चेतन शर्माले गरेका थिए l

नेपाली टिमले सेमीफाइनल खेलमा सेन्ट एन्ड्रयु पब्लिक स्कुल ( आग्रा ) लाई ८ रनले पराजित गरेको थियो जुन खेलमा यु-१६ रास्ट्रिय क्रिकेट टिमका पुर्ब खेलाडी समेत रहेका सुशान्त सिंह थापाले अविजित ९२ रन बनाएका थिए l टिमले क्वाटरफाइनलमा आयोजक सीएमएस स्कुललाई १७ रनले पराजित गरेको थियो l

प्रतियोगितामा नेपालको अर्को टिम डीएभी सुशील केडियाले पनि सहभागिता जनाएको थियो l

एपेक्स स्कुलको प्रशिक्षण बसन्त शाही ठकुरीले गरेका थिए जसले नेपाललाई एसीसी यु-१६ २०१४ को उपाधि जिताउदा प्रशिक्षण गरेका थिए l सोहि प्रतियोगिताको होनहार खेलाडीको पुरस्कार अनिल खरेले पाएका थिए जसले उक्त प्रतियोगितामा कुल १३ विकेट लिएका थिए भने ओमान संग एकै खेलमा ६ विकेट लिएर चर्चा कमाएका थिए l अनिल खरेल प्रशिक्षक ठकुरीकै उत्पादन हुन् l

यो पनि पढ्नुस :- 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]