अनिल खरेल चम्किदा, नेपालको स्कुलले भारतीय भुमिमा जित्यो प्रतिष्ठित स्कुल प्रिमियर लिग

  • विकेटनेपाल, २९ मंसिर

फाइनलमा अनिल खरेल चम्किएपछि बुटवलको एपेक्स स्कुलले भारतको लखनउमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय स्कुल क्रिकेट प्रिमियर लिगको उपाधि जितेको छ l

भारत, श्रीलंका, अफगानिस्तान, बंगलादेश, जिम्बाबे, दक्षिण अफ्रीका, ओमान र भारतका बिभिन्न गरी १६ स्कुलहरुले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेलमा नेपालले अफगानिस्तानको अफगान यार स्कुललाई ५ रनले पराजित गर्दै प्रतिष्ठित प्रतियोगिताको उपाधि जितेको हो l

मंगलबार राति सम्पन्न फाइनल खेलमा टिमको कप्तानी समेत गरेका यु-१६ रास्ट्रीय क्रिकेट टिमका स्टार खेलाडी अनिल खरेलले फाइनल कसिलो बलिंग गर्दै ३ विकेट हात पारे l फाइनल खेलको म्यान अफ द म्याच घोषित भएका खरेल प्रतियोगिताभर ११ विकेट लिंदै प्रतियोगिताकै उत्कृस्ट बलर समेत घोषित भए l बायाँ हाते स्पिनर खरेलले प्रतियोगिताको उत्कृस्ट फिल्डरको समेत उपाधि आफ्नो बनाए l खरेलले विदुरा स्कुल श्रीलंका विरुद्ध प्रतियोगिताको पहिलो खेलमा ४ विकेट लिएका थिए l

अन्य टिम कप्तान संग एपेक्सका कप्तान अनिल खरेल
अन्य टिम कप्तान संग एपेक्सका कप्तान अनिल खरेल

फाइनल खेलमा पहिले ब्याटिंग गरेको एपेक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १०१ रन मात्रै बनाउन सक्यो l प्रतिउत्तरमा ब्याटिंग गरेको अफगान यार स्कुललाई एपेक्सले कसिलो बलिंग र फिल्डिंग मदतले २० ओभरमा ९६/९ मै सिमित पारेपछि ५ रनको झिनो अन्तरले नेपाली स्कुल बिजयी भएको थियो l

Anil Kharel
अनिललाई पुरस्कार दिंदै पुर्ब भारतीय क्रिकेटर चेतन शर्मा

फाइनल खेलमा नेपाली टिमलाई पुरस्कार वितरण भारतीय पुर्ब खेलाडी तथा प्रसिद्ध कमेन्टेटर चेतन शर्माले गरेका थिए l

नेपाली टिमले सेमीफाइनल खेलमा सेन्ट एन्ड्रयु पब्लिक स्कुल ( आग्रा ) लाई ८ रनले पराजित गरेको थियो जुन खेलमा यु-१६ रास्ट्रिय क्रिकेट टिमका पुर्ब खेलाडी समेत रहेका सुशान्त सिंह थापाले अविजित ९२ रन बनाएका थिए l टिमले क्वाटरफाइनलमा आयोजक सीएमएस स्कुललाई १७ रनले पराजित गरेको थियो l

प्रतियोगितामा नेपालको अर्को टिम डीएभी सुशील केडियाले पनि सहभागिता जनाएको थियो l

एपेक्स स्कुलको प्रशिक्षण बसन्त शाही ठकुरीले गरेका थिए जसले नेपाललाई एसीसी यु-१६ २०१४ को उपाधि जिताउदा प्रशिक्षण गरेका थिए l सोहि प्रतियोगिताको होनहार खेलाडीको पुरस्कार अनिल खरेले पाएका थिए जसले उक्त प्रतियोगितामा कुल १३ विकेट लिएका थिए भने ओमान संग एकै खेलमा ६ विकेट लिएर चर्चा कमाएका थिए l अनिल खरेल प्रशिक्षक ठकुरीकै उत्पादन हुन् l

यो पनि पढ्नुस :- 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy