अनिरुद्ध उच्च माबि कञ्चनपुरलाई उपाधि

Raju Basnet
  • विकेटनेपाल,१ असार

अनिरुद्ध उच्च माबि कञ्चनपुरले एक्सपर्ट स्कुल क्रिकेट लिग २०७४ को उपाधि जितेको छ । उपाधि सहीत अनिरुद्धले १ लाख रुपैया पुरस्कार समेत प्राप्त गरेको छ ।

बिहीबार सिद्धार्थ रंगशाला भैरहवामा सम्पन्न फाईनलमा न्यू होराईजन उच्च माबि रुपन्देहीलाई ४ विकेटले पराजित गर्दै अनिरुद्ध च्याम्पियन भएको हो।

न्यू होराईजनबाट जितका लागी पाएको ७२ रनको सामान्य लक्ष्यलाई अनिरुद्धले निर्धारीत २० ओभरको खेलमा १६ ओभर ४ बलमै ६ विकेटको क्षेतीमा पुरा गर्दै उपाधी जितेको हो । अनिरुद्धको जितमा साजन गौतमले सर्बाधिक १८ रन बनाए भने अशोक बिष्टले १७ रनको योगदान दिए ।
बलिंगमा न्यू होराईजनका कुशल मल्लले ३ विकेट लिए भने सन्देश पाण्डे, प्रकाश गिरी र सन्दिप पाण्डेले समान एक एक विकेट लिएका थिए।

यस अघि टस हारेर ब्याटिंग गर्न आएको न्यू होराईजनले १९ ओभर २ बलमा सबै विकेट गुमाई ७१ रनको सामान्य योगफल तयार गरेको थियो । होराईजनका लागी बिशाल खत्रीले सर्बाधिक १९ रन बनाए भने प्रकाश गिरीले १३ र मौसम खाम्चाले ११ रन बनाएका थिए । होराईजनलाई सस्तैमा समेटने क्रममा अनिरुद्धका अरबिन्द ऐर र भुवन पालले समान २।२ विकेट लिएका थिए भने अशोक बिष्ट, रबिन साउद र पारस केसीले एक एक विकेट लिएका थिए ।

प्रतियोगितामा अनिरुद्धका अरबिन्द ऐर म्यान अफ द फाईनल घोषित भए भने म्यान अफ द सिरीज न्यू होराईजनका कुशल मल्ल भए । मल्ल उत्कृष्ट ब्याटस म्यान र सोही स्कुलका सन्देश पाण्डेले बेष्ट बलरको अवार्ड पाए । अनिरुद्धका पारस केसी उत्कृष्ट फिल्डर भए ।

बिजेता तथा उप बिजेता टिमका खेलाडीलाई प्रमुख अतिथी रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्ल, प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका प्रबन्ध निर्देशक रोशन कण्डेल, प्रतियोगिता निर्देशक सुभाष प्रधान लगायतले नगद, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।

हिमालयन क्रिकेट एमेडेमीको आयोजना तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनामा सम्पन्न प्रतियोगितामा रुपन्देही, चितवन, तनहु, काठमाण्डौ, कैलाली र कञ्चनपुर गरी ६ जिल्लाका बिद्यालय सहभागी थिए ।

 





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]