धोनीले कप्तानी सम्हालेको पहिलो खेलमै चेन्नईको हार

काठमाडौं। महेन्द्रसिंह धोनी कप्तानी जिम्मेवारीमा फर्किएकै दिन चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा अर्को लज्जास्पद हार बेहोरेको छ।

नियमित कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण आइपिएलबाट बाहिरिएपछि ४३ वर्षीय धोनी कप्तानी जिम्मेवारीमा फर्किएका थिए। तर, पहिलो खेलमै चेन्नईले शुक्रबार कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित हुन पुगेको हो।

चेन्नईले दिएको १०४ रनको लक्ष्य कोलकाताले १०.१ ओभरमा दुई विकेट गुमाउँदै १०७ रन बनायो।कोलकातालाई तेस्रो जित दिलाउन सुनील नारायणले अलराउन्ड प्रदर्शन गरे।

बलिङमा तीन विकेट लिएका उनले ब्याटिङमा सर्वाधिक ४४ रनको योगदान दिए। १८ बल खेलेका उनले दुई चौका र पाँच छक्का प्रहार गरे। क्विन्टन डि कक २३ रनमा आउट हुँदा कप्तान अजिंक्य रहाणे २० र रिन्कु सिंह १५ रनमा अविजित रहे।

चेन्नईका नूर अहमद र अन्सुल कामबोजको नाममा समान एक विकेट रह्यो।

त्यसअघि एमए चिदम्बरम स्टेडियम, चेपौकमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले नौ विकेट गुमाउँदै १०३ रन बनाएको थियो।

चेन्नईका शिवम दुबेले अविजित रहँदै सर्वाधिक ३१ रन बनाए। २९ बल खेलेका उनले तीन चौका प्रहार गरे। विजय शंकरले २९ बलमा दुई चौका र एक छक्कासहित २९ रन बनाए।

राहुल त्रिपाठी १६ र डेभन कन्वे १२ रनमा आउट हुँदा अन्य ब्याटर क्रिजमा जम्न सकेनन्। कोलकाताका सुनील नारायणले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले मात्रै १३ रन खर्चिए।

हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिँदा वैभव अरोरा र मोइन अलीको नाममा समान एक विकेट रह्यो।

जितसँगै तेस्रो स्थानमा उक्लिएको कोलकाताले ६ खेलबाट ६ अंक पुर्‍याएको छ। चेन्नईको भने यो लगातार पाँचौं हार हो। दुई अंक बटुलेको चेन्नई नवौं स्थानमा छ।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]