चेन्नईलाई हराउँदै पञ्जाव दोस्रो स्थानमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मापञ्जाव किंग्सले चेन्नई सुपर किंग्समाथि जित हासिल गर्दै दाेस्राे स्थानमा उक्लिएकाे छ।

गएराती सम्पन्न खेलमा पञ्जावले चेन्नईलाई ४ विकेटले पराजित गरेको गरेको हो।

चेन्नईले प्रस्तुत गरेकाे १९१ रनको लक्ष्य पछाएको पञ्जावले १९.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले सर्बाधिक ७२ रन बनाएका थिए भने प्रभसिमरन सिंहले ५४, प्रियांश आर्या र सुशान्त सिंहले २३-२३ रन बनाएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले १९.२ ओभरमा अल आउट हुँदै १९० रन बनाएको थियो।

चेन्नईका लागि साम कुरानले सर्बाधिक ८८ रन बनाए भने डेवाल्ड ब्रेभिसले ३२ रन बनाए।

पञ्जावका लागि युजवेन्द्र चहलले सर्बाधिक ४ विकेट लिए भने अर्शदीप सिंह र मार्को जानसेनले २-२ विकेट लिएका थिए।

यो जितपछि पञ्जाव १० खेलमा १३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। त्यसैगरी चेन्नईले भने आठौ हार बेहोरेको छ। चेन्नईले १० खेलमा केवल २ खेल मात्र जितेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy