चेन्नईलाई हराउँदै पञ्जाव दोस्रो स्थानमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मापञ्जाव किंग्सले चेन्नई सुपर किंग्समाथि जित हासिल गर्दै दाेस्राे स्थानमा उक्लिएकाे छ।

गएराती सम्पन्न खेलमा पञ्जावले चेन्नईलाई ४ विकेटले पराजित गरेको गरेको हो।

चेन्नईले प्रस्तुत गरेकाे १९१ रनको लक्ष्य पछाएको पञ्जावले १९.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले सर्बाधिक ७२ रन बनाएका थिए भने प्रभसिमरन सिंहले ५४, प्रियांश आर्या र सुशान्त सिंहले २३-२३ रन बनाएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले १९.२ ओभरमा अल आउट हुँदै १९० रन बनाएको थियो।

चेन्नईका लागि साम कुरानले सर्बाधिक ८८ रन बनाए भने डेवाल्ड ब्रेभिसले ३२ रन बनाए।

पञ्जावका लागि युजवेन्द्र चहलले सर्बाधिक ४ विकेट लिए भने अर्शदीप सिंह र मार्को जानसेनले २-२ विकेट लिएका थिए।

यो जितपछि पञ्जाव १० खेलमा १३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। त्यसैगरी चेन्नईले भने आठौ हार बेहोरेको छ। चेन्नईले १० खेलमा केवल २ खेल मात्र जितेको छ।





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]