इन्डो नेपाल टी-२० : आयोजक डिएभी र हिमालयन उपाधिका लागि भिड्ने

काठमाडौं। आयोजक टिपटप डिएभी र ग्रेड हिमालयन इन्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहिवार सम्पन्न खेलमा क्रिकेट एक्सिलेन्स सेन्टरलाई ५७ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। डिएभीले दिएको १३३ रनको लक्ष्य पछ्याएको एक्सिलेन्सले १८.३ ओभरमा अलआउट हुँदै ७५ रन मात्रै बनाउन सक्यो।

एक्सिलेन्सका लागि सत्यम बस्नेतले सर्वाधिक २० रन बनाए। त्यसअघि पहिलो ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरमाा ६ विकेट गुमाउँदै १३२ रन बनायो।

डिएभीका लागि कृतिक ज्ञावलीले सर्वाधिक ४० रन बजाए। भने श्रेयस अग्रवालले ३२, कमल शाही २० र प्रशंग पौडेलले २१ रन बनाए। यस खेलको प्लेयर अफ द म्याच कृति भए।

यस्तै अर्को खेलमा ग्रेड हिमालयनले एन्जल्स स्पोर्ट्स एकेडेमीलाई ९ विकेटले हरायो।

एन्जल्सले दिएको ११३ रनको लक्ष्य हिमालयनले ९.४ ओभरमा १ विकेट गुमाएर ११७ रन बनायो उसका लागि भानस क्षेत्रीले सर्वाधिक ९६ रनको योग्दान दिए।

यस्तै बृद्धिमान पाख्रिनले ३० रन बनाउँदा रिगल महतोले २५ रन बनाए। त्षसअघि पहिले ब्याटिङ गरेको एन्जल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो। खेलको म्यान अफ द म्याच हिमालयनका भानस भए। यस्तै अब फाइनल खेल शुक्रबार तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]