डीएभीलाई सिरिज

  • विकेटनेपाल, ३ भदौ 

डीएभी स्कुल र अपि स्कुल बीच आज सम्पन्न दोश्रो मैत्रीपूर्ण महिला क्रिकेट सिरिज डीएभी स्कुलले २-१ ले जितेको छ l

डीएभी स्कुल जावलाखेल मैदानमा सम्पन्न सिरिजको पहिलो २ खेल डीएभी र तेश्रो खेल अपी स्कुलले जितेको हो l यसभन्दा अघि दुवै बीच भएको पहिलो सिरिज १-१ को बराबरीमा टुंगिएको थियो l

आज सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिंग गरेको डीएभीले निर्धारित १२ ओभरमा ४ विकेट गुमाई १७८ रन बनाएको थियो l जवाफमा दोश्रो इनिंगमा अपि स्कुलले पुरै १२ ओभर ब्याटिंग गर्दै ३ विकेट गुमाई १३५ रन मात्रै बनाउन सकेपछि डीएभी ४३ रनले बिजयी भएको थियो l

डीएभीको लागि प्लेयर अफ द म्याच समेत चुनिएकी विश्वकर्माले सर्बाधिक ५२ तथा साधना सिंहले ४८ रनको योगदान दिईन् l एपीआई बलर खुसि डंगोलले २ विकेट हात पारिन् l दोश्रो इनिंगमा सुनिमा डंगोलले ३६ तथा खुसि डंगोलले ३२ रन योगदान दिईन् l डीएभी बलर अनामिका अग्रवाल एक्लैले ३ विकेट हात पारिन् l

ब्याटिंग गर्दै डीएभी स्कुलकी रीतिका शर्मा

दोश्रो खेलमा पनि डीएभी २८ रनले बिजयी भयो l टस जितेर ब्याटिंग गरेको डीएभीले निर्धारित १० ओभरमा १६३/२ को स्कोर खडा गरेको थियो l स्नेहा बंगले ४६ तथा रीतिका शर्माले ४० रनको योगदान दिएकी थिईन् l

१६४ रनको लक्ष पछ्याउने क्रममा अपिले १० ओभरमा १ विकेट गुमाई १३५ रन मात्रै बनाउन सकेको थियो l अपिको लागि खुसि डंगोल एक्लैले ७१ रन योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेको थिएन l

अपि स्कुलकी खुसि डंगोल

तेश्रो तथा अन्तिम खेलमा एपीआईले टस जितेर ब्याटिंग गर्दै निर्धारित १० ओभरमा १४१/२ को स्कोर बनाएको थियो l अपिको लागि निकिता मिश्राले ७८ रन तथा खुसि डंगोलले ३७ रन योगदान दिएकी थिईन् l

जवाफमा डीएभीले १० ओभर ४ विकेट गुमाई १२७ रन मात्रै बनाउन सक्यो l रीतिका शर्माले ३२ रन योगदान दिईन् भने अपि बलर रश्मि देबकोटाले २ विकेट हात पारिन् l

सिरिजको उत्कृस्ट खेलाडी अपि स्कुलकी खुसि डंगोल घोषित भईन् जसले ट्रफी र सर्टिफिकेट् प्राप्त गरिन् l

सिरिजको उत्कृस्ट खेलाडी खुसि डंगोल

 





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]