दिल्लीको पहिलो हार

२०८२ बैशाख १, सोमबार ०८:५३

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ।

आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई १२ पराजित गरेको हो।

मुम्बईले दिएको २०६ रनको लक्ष्य पछाएको दिल्लीले १९ ओभरमा १९३ रन बनाउदै अल आउट भयाे।

दिल्लीका लागि करुण नायरले सर्बाधिक ८९ रन बनाए भने अभिषेक पोरेलले ३३ रन बनाएका थिए।

त्यस्तै मुम्बईका बलर कर्ण शर्माले ३ विकेट लिए भने मिचेल सान्टनरले २ तथा जसप्रित बुमराह र दीपक चहरले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै २०५ रन बनाएको थियो। मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ५९ रन बनाए भने रयान रिकेल्टनले ४१, सूर्यकुमार यादवले ४० र नमन धिरले ३८ रन बनाएका थिए। त्यसैगरी दिल्लीका कुलदीप यादव र विप्राग निगमले २-२ विकेट लिएका थिए।

मुम्बई इण्डियन्सको ६ खेलमा दोस्रो जित हो। त्यस्तै दिल्लीले भने आफ्नो पाँचौं खेलमा पहिलो हार बेहोरेको छ र ८ अंकसहित दोस्रो स्थानमा रहेको छ।

आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy