अभिषेकको कीर्तिमानी इनिङ्समा हैदराबादको जित

काठमाडौं। ओपनर अभिषेक शर्माको कीर्तिमानी इनिङ्ससँगै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल)मा जित हासिल गरेको छ।

शनिबार सम्पन्न खेलमा हैदराबादले पञ्जाब किङ्सलाई आठ विकेटले हराएको हो। यो नजितासँगै लगातार चार हार हैदराबादले ६ खेलबाट चार अंक पुर्‍याएको छ। हैदराबाद आठौं स्थानमा उक्लिएको छ।

पञ्जाबको भने यो दोस्रो हार हो। एक खेल कम खेलेको पञ्जाबको ६ अंक छ। पञ्जाबले प्रस्तुत गरेको २४६ रनको लक्ष्य पछ्याएको हैदराबादले १८.३ ओभरमा दुई विकेट गुमाउँदै २४७ रन बनायो। हैदराबादलाई जित दिलाउन अभिषेकले सर्वाधिक १४१ रन बनाए।

५५ बल खेलेका उनले १४ चौका र १० छक्का प्रहार गरे। आइपिएलमा कुनै पनि भारतीय ब्याटरले बनाएको यो नै उच्चतम स्कोर हो। यस खेलअघि विकेटकिपर ब्याटर केएल राहुलले सेप्टेम्बर २०२० मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पञ्जाबबाट खेल्दा रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध अविजित १३२ रन बनाएका थिए।

अर्का ओपनर ट्राभिस हेडले ३७ बलमा नौ चौका र तीन छक्कासहित ६६ रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि १७१ रनको विशाल साझेदारी भएको थियो। हेडलाई १२.२ ओभरमा अर्शदीप सिंहले क्याच गराए।

हेनरिक क्लासेन २१ र इशन किशन नौ रनमा अविजित रहे। पञ्जाबका अर्शदीप र युजवेन्द्र चाहलको नाममा समान एक विकेट रह्यो।

त्यसअघि राजीव गान्धी इन्टरनेश्नल स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पञ्जाबले ६ विकेट गुमाउँदै २४५ रनको योगफल तयार गरेको थियो।

पञ्जाबका श्रेयसले सर्वाधिक ८२ रन बनाए। ३६ बल खेलेका उनले समान ६ चौका र छक्का प्रहार गरे। प्रभसिमरन सिंहले २३ बलमा सात चौका र एक छक्कासहित ४२ रन बनाए।

प्रियांश आर्य ३६ र नेहल वधेरा २७ रनमा आउट हुँदा मार्कस स्टोइनिस ३४ बलमा अविजित रहे। उनले ११ बलमा एक चौका र चार छक्का प्रहार गरे।

हैदराबादका हर्षल पटेलले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४२ रन खर्चिए। इशान मलिंगाको नाममा दुई विकेट रह्यो।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]