हैदरावादको चौथो हार

२०८१ चैत्र २४, सोमबार ०९:१७

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादले चौथो हार बेहोरेको छ।

आइतबार सम्पन्न खेलमा गुजरात टाइटन्ससँग हैदरावाद सात विकेटले पराजित भएको हो।

हैदरावादले दिएकाे १५३ रनको लक्ष्य गुजरातले १६.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो। गुजरातका कप्तान सुभमन गिलले सर्वाधिक ६१ रन बनाए। अविजित रहेका उनले ४३ बलमा नौ चौका प्रहार गरे।

वासिङ्टन सुन्दर अर्धशतकबाट एक रनले चुके। २९ बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे। शेर्फेन रदरफोर्ड ३५ रनमा अविजित रहे।

हैदरावादका मोहम्मद शमीले सर्वाधिक दुई विकेट लिए। प्याट कमिन्सको नाममा एक विकेट रह्यो।

त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रनको योगफल तयार गरेको थियो।

हैदरावादका नितिशकुमार रेड्डीले सर्वाधिक ३१ रन जोडे। ३४ बल खेलेका उनले तीन चौका प्रहार गरे। हेनरिक क्लासेन २७, अनिकेत वर्मा १८, अभिषेक शर्मा १८ र इशान किशन १७ रनमा आउट हुँदा कप्तान कमिन्स २२ रनमा अविजित रहे।

गुजरातका मोहम्मद सिराजले सर्वाधिक चार विकेट लिए। प्रशिद्ध कृष्ण र साई किशोरको नाममा समान एक विकेट रह्यो।

हैदरावादले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ४४ रनले पराजित गर्दै सानदार सुरुआत गरेको थियो। तर, त्यसयताका चार खेलमा लगातार हार बेहोर्दै अंक तालिकाको पुछारमा खुम्चिएको छ।

पहिलो खेलमा पञ्जाबसँग ११ रनको हार बेहोर्दै प्रतियोगिता सुरुआत गरेको गुजरातको भने यो लगातार तेस्रो जित हो। गुजरात ६ अंकसहित दोस्रो स्थानमा छ। समान अंक भएको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ। तर, दिल्लीले भने एक खेल कम खेलेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy