आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य पछाएको राजस्थान रोयल्सले २० ओभरमा ७ विकेट गुमाउँदै २०९ रन बनाएको थियो।

राजस्थानका लागि ध्रुव जुरेलले सर्बाधिक ५३ रन बनाए भने यशस्वी जयसवालले ५० रन बनाए। त्यसैगरी वैभव सुर्यवंशीले ४० रन बनाएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ५ विकेट गुमाउँदै २१९ रन बनाएको थियो।

पञ्जावका लागि नेहाल वाढेराले सर्बाधिक ७० रन बनाएका थिए भने शशांक सिंहले अविजित ५९ रन बनाए भने कप्तान श्रेयस अय्यरले ३० तथा प्रभसिमरन सिंहर अज्मतुल्लाह ओमरजाईले २१(२१ रन बनाएका थिए।

राजस्थानका बलर तुषार देशपाण्डेले २ विकेट लिएका थिए भने रियान पराग, आकाश मधवाल र क्वेना एम्फाकाले एक एक विकेट लिएका थिए।

जितपछि पञ्जावको १२ खेलमा १७ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। साथै पञ्जाव प्लेअफको दौडबाट एक जित टाढा रहेको छ। राजस्थानको भने १३ खेलमा ६ अंक रहेको छ र अब यस सिजनमा एक खेल खेल्न बाँकी रहेको छ।

यस्तै अर्को खेलमा गुजरात टाइटन्स १० विकेटको जित निकाल्दै ‘प्ले अप’ पुगेको छ। गुजरातले दिल्ली क्यापिटल्सलाई १० विकेटले हरायो।

गुजरातको जितमा रोयल च्यालेन्जर्स बैंगलुरु र पन्जाब सुपर किंग्स पनि ‘प्ले अप’मा प्रवेश गरेका छन्। जितको लागि २ सय रनको चुनौती गुजरातले १९ ओभरमा विना कुनै विकेटको नोक्सानीमा पुरा गर्दै १० विकेटको सानदार जित दर्ज गर्‍यो।

गुजरात १८ अंक सहित शीर्षस्थानमा उक्लिदै प्ले अफमा प्रवेश गरेको छ। अब दिल्ली, मुम्बई र लखनउ मध्ये एक टिम प्ले अफमा पुग्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy