लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ।

विशाखापट्टनममा सम्पन्न खेलमा २१० रनको लक्ष्य पछ्याउँदै दिल्लीले खराब सुरुवात गरेपनि अन्ततस् खेल भने एक विकेटले जित्न सफल भयो।

सुरुवाती ओभरमा तीन विकेट गुमाएको दिल्ली क्यापिटल्सलाई राम्रो साझेदारीको आवश्यकता थियो। पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका अक्षर पटेलले चौथो विकेटका लागि फाफ डुप्लेसिससँग ४३ रनको साझेदारी गरे। कप्तान पटेलले २२ र डुप्लेसिसले २९ रन बनाएर आउट भएका थिए।

त्यसपछि, ट्रिस्टन स्टब्स र आशुतोष शर्माले जिम्मेवारी सम्हाले। स्टब्स २२ बलमा ३४ रन बनाएर आउट भए भने आशुतोष ६६ रनमा अविजित रहे। उनी अन्त्यसम्म खेल्दै दिल्लीको जित सुनिश्चित गरेका थिए। उनीहरू बाहेक दिल्लीका लागि विप्रज निगमले ३९, मिचेल स्टार्कले दुई, कुलदीप यादवले पाँच र मोहित शर्माले एक रन बनाए।

त्यस्तै लखनउका लागि शार्दुल, सिद्धार्थ, दिग्वेश र बिश्नोईले दुई/दुई विकेट लिए।

यसअघि पहिले ब्याटिङ गर्दै लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रन बनाको थियो। लखनउका लागि निकोलस पुरनले ७५ र मिचेल मार्शले ७२ रन बनाए । त्यस्तै डेभिड मिलरले २७ रन बना। आईपीएल मेगा लिलामीमा अहिलेसम्मकै सर्वाधिक २७ करोडमा लखनउ पुगेका ऋषभ पन्त ६ बल खेलेपछि शून्य रनमा आउट भए।

त्यस्तै दिल्लीका बलर मिचेल स्टार्कले ३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]