पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ।

मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको हो। पञ्जाबले प्रस्तुत गरेको २४४ रनको योगफल पछ्याएको गुजरातले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २३२ रन मात्रै बनाउन सक्यो।

गुजरातका साई शुदर्शनले सर्वाधिक ७४ रन बनाए। ४१ बल खेलेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे।

जस बटलरले ३३ बलमा चार चौका र दुई छक्कासहित ५४ रन बनाए। शेर्फेन रदरफोर्ड ४६ र कप्तान शुभमन गिल ३३ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए।

मार्को जनसेन र ग्लेन म्याक्सवेलको नाममा समान एक विकेट रह्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २४३ रनको योगफल तयार पारेको थियो।

कप्तान श्रेयसले सर्वाधिक ९७ रन बनाए। ४२ बल खेलेका उनले पाँच चौका र नौ छक्का प्रहार गरे। प्रियान्स आर्य ४७, मार्कस स्टोइनिस २० र अज्मतुल्लाह ओमारजाई १७ रनमा आउट हुँदा शशांक सिंह ४४ रनमा अविजित रहे।

गुजरातका शाई किशोरले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३० रन खर्चिए। कागिसो रबाडा र राशिद खानको नाममा समान एक विकेट रह्यो।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]