दिल्लीको दोस्रो जित

२०८१ चैत्र १६, आईतवार २१:०९

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) लगातार दोस्रो जित हासिल गरेको छ।

आइतबार सम्पन्न खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो।

सनराइजर्सले दिएको १६४ रनको लक्ष्य पछाएको दिल्लीले १६ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

दिल्लीका लागि फाफ डु प्लेसिसले ५० रन बनाएका थिए भने जाक फ्रासर म्याकगर्कले ३८, अविशेक पोरेलले अविजित ३४ रन र ट्रीसटनले २१ रन बनाएका थिए । त्यस्तै सनराइजर्सका बलर जिशान अन्सारीले ३ विकेट लिएका थिए।

यसअघि टस जितेर सनराइजर्सले १८.४ ओभरमा अल आउट हुदै १६३ रन बनाएको थियो। सनराइजर्सका लागि अंकित वर्माले ७४ रन बनाएका थिए भने हेइनरीच क्लासेनले ३२ र ट्राभिस हेडले २२ रन बनाएका थिए।

त्यस्तै दिल्लीका बलर मिचेल स्टार्कले ५ विकेट लिएका थिए भने कुलदीप यादवले ३ विकेट लिएका थिए।

यो दिल्लीको लगातार दोस्रो जित हो। त्यस्तै सनराइजर्सले भने लगातार दोस्रो हार बेहोरेको छ। सनराइजर्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy