तेज प्रशिक्षक अलिको उपाधि जित्ने लक्ष

Kalam Ali

वाईवाई इपिएल साबिक बिजेता टोलि पन्चकन्या तेज प्रशिक्षक कलाम अलिले यसपालि आफ्नो टिम उपाधिको दाबेदार रहेको बताएका छन् l

प्रतियोगिताको तयारीको क्रममा पन्चकन्या तेज टिम काठमाडौँ स्थित भेलोसिटी एरिनामा इन्डोर अभ्यास गरिरहेको छ l सोहि क्रममा विकेटनेपाल संग कुराकानी गर्ने क्रममा प्रशिक्षक तथा पुर्ब रास्ट्रिय खेलाडी समेत रहेको अलिले आफ्नो टिमको मजबुत पक्ष खेलाडीहरुको अलराउण्ड क्षमता रहेको बताएका छन् l

वाईवाई एभेरेस्ट प्रिमियर लिग प्रतियोगिताको पहिलो संस्करण (एनसेल एनपीएल) को ५० ओभर संस्करण २ बर्ष अघि जितेको पन्चकन्या तेज टिममा अहिले पनि सन्तुलित रहेको बताउदै अलिले ब्याटिंग र बलिंग दुवै पक्ष मजबुत रहेको विकेटनेपाललाई बताएका छन् l

“टिममा अलराउण्डरहरुको बाहुल्यता छ, जुन हाम्रो बलियो पक्ष हो l बलिंग र ब्याटिंग दुवैमा हामी संग अप्सन छ l”

“आरिफ शेख, पृथु बास्कोटा, कुशल भुर्तेल, दिपेन्द्र ऐरी जस्ता अलराउण्डरहरु टिममा छन् l शरद भेसावकर, भुवन कार्की संग पनि अलराउण्ड क्षमता छ l अलराउण्ड क्षमतानै हाम्रो बलियो पक्ष हो l”

यस अघिको संस्करणमा प्रशिक्षक रहेका प्रशिक्षक राजु बस्नेतले यसपालि महिला रास्ट्रिय क्रिकेट टिम सम्हालेपछि तेज टिमको जिम्मेवारी कलाम अलिको काँधमा आईपुगेको हो l

सन् १९९७ को यु-१९ एसिया कपमा नेपाली टोलिको प्रतिनिधित्व गरेका अलिले १९९८ र सन् २००० को एसीसी ट्रफीमा सिनियर रास्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेका थिए l

तेज टिमले ५० ओभर संस्करण जित्दा फाईनलमा ६ विकेट सहित प्रतियोगिताकै सर्बाधिक विकेट लिने खेलाडीको शिर्ष स्थानमा रहेका लेग स्पिनर राजकुमार प्रधानको कमि महसुस गर्ने बताएका छन् l तर उनको अनुपस्थितिमा पनि आफुसंग स्तरीय स्पिनरको कमी नभएको उनले बताए –

“राजकुमार प्रधानको ठाउँ लिन त गार्हो छ, तर पनि भुवन कार्की र सुशील कंडेल जस्ता स्तरीय लेफ्ट आर्म स्पिनरहरुको उपस्थितले स्पिन्न पक्ष मजबुत हुनेछ”

यस्तै तिब्र गति बलिंग तर्फ पनि करन केसी, कुशल भुर्तेलको उपस्थितिले बलिंग पक्ष मजबुत रहेको उनले बताए l तिब्र गति बलर जितेन्द्र मुखियाको फिटनेस भने चिन्ताको बिषय रहेको अलिले बताए-

“जितेन्द्रको फिटनेसमा अझै पनि ढुक्क हुने अवस्था छैन र अन्तिम समय सम्ममा पनि उनि फिट हुने पर्खाईमा हुनेछौ”

टिमको ब्याटिंग तर्फ कप्तान शरद भेसावकर, आरिफ शेख, दिपेन्द्र ऐरी, पुष्प थापा, सन्नी पुन र संजय श्रेष्ठ जता खेलाडी रहेका छन् l

रास्ट्रिय क्रिकेट टिममा कुनै बेला तिब्र गतिमा स्विंग बलिंग फाल्ने अलि यतिबेला रातो पुल स्थित भेलोसिटी एरिनामा टोलिलाई अभ्यास गराईरहंदा आउटडोर प्रशिक्षण कम गर्न पाएकोमा भने चिन्तित देखिएका छन् l

“इन्डोरमा अभ्यास गर्नु परिरहेको छ l टर्फ विकेट र सिन्थेटिक विकेटमा धेरै भिन्नता छ त्यसले असर गर्नसक्छ त्यसपछि फिल्डिंग अभ्यास राम्रो गर्न सकेका छैनौ जसले अभ्यासमा बाधा भएको छ”

त्यसबाहेक अन्य समस्या नरहेको बताऊदै अलिले टोलिको प्रशिक्षकको रुपमा आफ्नो टिमले फाइनल जित्ने लक्ष रहेको बताए-

“एउटा प्रशिक्षकको रुपमा सबैको जस्तै मेरो लक्ष पनि प्रतियोगिताको फाईनल जित्नेनै रहेको छ र म त्यही अपेक्षा गरिरहेको छु”





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]