कालिकोटको बिशाल जित – यु-१६ नेक्सस कप

बुधबारबाट शुरु भएको नेक्सस कप अन्डर १६ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कालिकोट क्रिकेट क्लब वियजी भएको छ ।

काठमाडौको बुढानीलकण्ठ स्थित बुढानीलकण्ठ स्कुलको मैदानमा बुधबार भएको उद्घाटन खेलमा कालिकोटले ललितपुरको स्र्पोटस् साइन्स एकेडेमी–सान रातो टिमलाई ९ विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको सानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र एक सय १३ रन बनाउन सक्यो । सानकालागि सुमित घिमिरेले सर्वाधिक ४२ रन बनाए भने मनिष तामाङले १५ रन बनाए । कालिकोटका बबिन बडालले दुई विकेट लिए । त्यस्तै सागर आचार्य, मबिन शर्मा र सागर घिमिरेले एक एक विकेट लिए ।


१ सय १४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको कालिकोट टिमले मात्र एक विकेट गुमाई १० दशमलब ५ ओभरमा लक्ष्य पुरा ग¥यो । कालिकोटका लागि ओपनर बबीन बडालले सर्वाधिक ५३ रन बनाए भने अर्का ओपनर सूर्य बमले अविजित ४० रनको पारी खेले । सागर घिमिरे आठ रनमा अविजित रहे । मात्र २१ बलमा ५३ रन बनाएका बडाल म्यान अफ द म्याच घोषित भए ।

यसअघि आजै खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा बोल्दै विष्टले क्रिकेटको विवाद चाँडै समाप्त हुन बताउनु भयो । उहाँले क्रिकेटको अहिलेको अवस्था भनेका उज्यालोे हुनु पूर्वको घना अँध्यारो जस्तो भएको बताउनु भयो ।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]