काठमाडौं क्रिकेट एकेडेमी सञ्चालमा

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेलमा सुविधा सम्पन्न क्रिकेट एकेडेमी सञ्चालनमा आएको छ ।

काठमाडौंको उत्तरी भेगमा करिब १० रोपनी क्षेत्रफलमा काठमाडौं क्रिकेट एकेडेमी (केसिए) सञ्चालनमा आएको हो । व्यवसायी तथा क्रिकेटप्रेमी सबिन कार्कीले तीन करोड लगानीमा इन्डोर र आउट ट्रेनिङ ग्राउन्डसहित एकेडेमी सञ्चालनमा ल्याएका हुन् ।

गत साउन १ गतेदेखि निर्माण थालेको एकेडेमी यसै पुसबाट सञ्चालनमा आएको एकेडेमीका प्रबन्ध निर्देशकसमेत रहेका सबिन कार्कीले बताए । पाँच वटा पिच, बलिङ मेसिन, बलरले फ्याँक्ने बलको स्पिड मापन गर्ने (स्पिडो मिटर), जिम हल र प्रतियोगिता खेल्न मिल्ने क्रिकेट मैदानसहित सुविधासम्पन्न एकेडेमी सञ्चालनमा ल्याइएको हो ।

एकेडेमीमा बनेका पाँच वटा पिचको फरकफरक विशेषता पनि रहेको छ । दुई वटा रातोमाटोको टर्प पिच छन् । नेपालमा २०÷२१ वर्षदेखि पिच बनाउन काम गरिरहेका क्युरेटर अजय पाण्डेले पिच निर्माण गरेका हुन् । माटोको टेस्ट गरेर मात्र पिचमा राखिएको अनुभवी क्युरेटर अरुण पाण्डेले जानकारी दिए ।

काठमाडौं क्रिकेट एकेडेमी (केसिए) का प्रबन्ध निर्देशक कार्कीले नेपालकै सबैभन्दा ठूलो (३३ हजार स्क्वायर फिट) को अन्तर्राष्ट्रियस्तरको आउट डोर प्राक्टिस टर्प पिच पनि रहेको बताएका छन् । फास्ट बलरका लागि पर्याप्त रन अप पुग्ने स्पेसहित पिच तयार पारिएको छ ।

‘फास्ट बलर र स्पिनर उत्पादन गर्नका लागि फरकफरक पिच निर्माण गरेका छौं । पिचहरू बनाउँदा अन्तर्राष्ट्रिय मापदण्ड ध्यान दिएका छौं । यहाँ राष्ट्रिय टोलीका खेलाडीले पनि खेल्न सक्छन् । राष्ट्रिय टोलीका खेलाडीलाई निशुल्क अभ्यास गर्न दिन्छौं । जिल्ला र प्रदेशका खेलाडीका लागि पनि विशेष सुविधा दिनेछौं,’केसिएका प्रबन्ध निर्देशक कार्कीले भने ।

राष्ट्रिय टोलीमा काम गरिसकेका अनुभवी सामजङ्ग थापा र मञ्जुर खाँ आलमलगायत पाँच जना प्रशिक्षकले प्रशिक्षण दिनेछन् । चर्चित प्रशिक्षकलाई भित्राउने तयारी पनि गरिरहेको एकेडेमीका सञ्चालक कार्कीले बताएका छन् ।

हाल एकेडेमीमा अहिले ५० जनाले क्रिकेट सिकिरहेका छन् । प्रबन्ध निर्देशक कार्कीले एकेडेमीबाट सिकेर राष्ट्रिय खेलाडी बन्ने सपना लिएका खेलाडीका लागि आफ्नो एकेडेमी राम्रो माध्यम रहेको विश्वास व्यक्त गरे । एकेडेमीले होस्टेलको व्यवस्थासहित आवश्यक परेको खण्डमा विदेशी प्रशिक्षक पनि भित्राउने लक्ष्य राखेको छ ।

‘ग्रासरुट क्रिकेटको विकास गर्न आवश्यक र पर्याप्त सुविधासहित एकेडेमी निर्माण गरेका छौं । यो एकेडेमीले नेपालको क्रिकेट विकासमा एउटा इट्टा थप्ने विश्वास लिएका छौं । सानै उमेरदेखि क्रिकेट खेल्न चाहना राख्नेका लागि पर्याप्त सेवासुविधासहित एकेडेमी खोलेका छौं,’उनले भने ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]