केसीए यु-१४ क्रिकेट : आयोजक केसीए र ओएसिस विजयी

काठमाडौं । केसीए यु-१४ क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिन सम्पन्न दुई खेलमा आयोजक काठमाडौं क्रिकेट एकेडेमी ओएसिस विजयी भएका छन्।

चुनिखेल बुढानिलकण्ठस्थित काठमाडौं क्रिकेट एकेडेमीको मैदानमा सोमबार सम्पन्न पहिलो खेलमा काठमाडौँ क्रिकेट एकेडेमीलाई ५३ रनको विशाल अन्तरले पराजित गर्यो।

टस हारेर पहिले ब्याटिंग गर्दै काठमाडौंले दिएको १०५ रनको लक्ष्य पछ्याएको भक्तपुर क्रिकेट सेन्टरले ५२ रनमा सबै विकेट गुमायो।

काठमाडौंका अनिस खड्का प्लेयर अफ द म्याच घोषित भए। उनले २४ रन बनाउनुको साथै ६ विकेट पनि लिए।

यस्तै, दोस्रो खेलमा ओएसिस क्रिकेट एकेडेमीले भक्तपुर म्युनिसिपल क्रिकेट एसोसियसलाई ९३ रनले पराजित गरेको छ।

ओएसिसले दिएको ११५ रनको लक्ष्य पछ्याएको भक्तपुरले २१ रनमा सबै विकेट गुमायो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओएसिसले निर्धारित ओभरमा ८ विकेट गुमाए ११४ रन बनायो।

ब्याटिङतर्फ काठमाडौंका लागि स्वीकृत रिजालले ३५ रन बनाउँदा सुयोगा शाहले १५ रनको योग्दान दिए।

खेलको प्लेयर अफ द म्याच ओएसिसका एभिनजंग गिरी घोषित भए।

आगामी माघ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको सबै खेल चुनिखेल–१३, बुढानिलकण्ठमा रहेको काठमाण्डौ क्रिकेट एकेडेमी (केसीए) को मैदानमा जारी छ।

यस्तै, प्रतियोगिताको बिजेताले ५० हजार पाउने भने उपविजेताले ३० हजार पाउने आयोजकले बताएको छ। प्रतियोगिताको बेस्ट ब्याटर, बेस्ट बलर उत्कृष्ट खेलाडीले समान ५ हजार पाउनेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy