केसीए यु-१४ क्रिकेट : ओएसिस र भक्तपुर विजयी

काठमाडौं । केसीए यु-१४ क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेलमा आयोजक ओएसिस क्रिकेट एकेडेमी र ओएसिस विजयी भएका छन्।

चुनिखेल बुढानिलकण्ठस्थित काठमाडौं क्रिकेट एकेडेमीको मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा ओएिसिसले नेक्सस क्रिकेट एकेडेमी ‘ए’ लाई ५६ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिंग गर्दै ओएसिसले दिएको १०४ रनको लक्ष्य पछ्याएको नेक्ससले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ४७ रन मात्रै बनाउन सक्यो।

नेक्ससका लागि लक्ष्मन भुर्तेलले १२ बनाउँदा हिलेस शाहीले ७ रन बनाए।

त्यसअघि पहिले ब्याटिङ गरेको ओएसिसले ८ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। उसका लागि आरोन जंग गिरीले २५ रन बनाउँदा पंञ्चाङ्घ मिश्रले २४ रन बनाए।

यस्तै, निमेष योन्जनले प्लेयर अफ द म्याच घोषित भए।

यस्तै, दोस्रो खेलमा नेक्सस बी लाई भक्तपुर क्रिकेट एकेडेमीले ४५ रनले पराजित गर्यो।

भक्तपुरले दिए १२२ रनको लक्ष्य पछ्याएको नेक्सस बी ले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्रै बनायो।

आगामी माघ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको सबै खेल चुनिखेल–१३, बुढानिलकण्ठमा रहेको काठमाडौँ क्रिकेट एकेडेमी (केसीए) को मैदानमा जारी छ।

यस्तै, प्रतियोगिताको बिजेताले ५० हजार पाउने भने उपविजेताले ३० हजार पाउने आयोजकले बताएको छ। प्रतियोगिताको बेस्ट ब्याटर, बेस्ट बलर उत्कृष्ट खेलाडीले समान ५ हजार पाउनेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy