केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ।

प्रतियोगितामा आयोजकसहित १२ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको सबै खेल चुनिखेल–१३, बुढानिलकण्ठमा रहेको केसिएको मैदानमा हुनेछ।

यस्तै प्रतियोगिताको बिजेताले ५० हजार पाउने भने उपविजेताले ३० हजार पाउने आयोजकले बताएको छ।

प्रतियोगिताको बेस्ट ब्याटर, बेस्ट बलर उत्कृष्ट खेलाडीले समान ५ हजार पाउनेछन्।

आयोजकको अनुसार केसिएले ग्रासरुट क्रिकेटको महत्त्वलाई मध्यनजर गर्दै उमेर समुहको पहिलो प्रतियोगिताको थालनी गरेको बताए। यो हाम्रो केसिएको क्यालेन्डरमा राखेर प्रतेक बर्ष प्रतियोगिता आयोजना गर्ने प्रबन्ध निर्देशक सबिन कार्कीले बताए। साथै अन्य उमेर समुहका प्रतियोगिता पनि संचालन गर्ने लक्ष्य लिएको पनि बताए।

प्रतियाेगितामा सहभागि टिम:

१. हिमालयन क्रिकेट एकेडेमी ए
२. नेक्सस क्रिकेट एकेडेमी ए
३. ओएसिस क्रिकेट एकेडेमी
४. भक्तपुर म्युनिसिपल क्रिकेट एशोसिएसन
५. हिमालयन क्रिकेट एकेडेमी बी
६. नेक्सस क्रिकेट एकेडेमी बी
७. बल पार्क क्रिकेट एकेडेमी
८. भक्तपुर क्रिकेट सेन्टर
९. हिमालयन क्रिकेट एकेडेमी सी
१०. सीईसी भक्तपुर
११. किंग्स क्रिकेट एकेडेमी
१२. काठमाडौं क्रिकेट एकेडेमी





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]