काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।
गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई १४ रनले पराजित गरेको हो।
कोलकोताले प्रस्तुत गरेकाे २०५ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनमै समेटियाे।
दिल्लीका लागि फाफ डु प्लेसीसले सर्बाधिक ६२ रन बनाए भने अक्सर पटेलले ४३ र विप्राज निगमले ३८ रन बनाए। यता कोलकोताका बलर सुनिल नारनले ३ विकेट लिए भने वरुण चक्रवर्तीले २ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउँदै २०४ रन बनाएको थियो।
कोलकोताका लागि अंगक्रिश रघुबंशीले सर्बाधिक ४४ रन बनाए भने रिंकु सिंहले ३६, सुनिल नारनले २७, रह्मनुल्लाह गुरबाज र कप्तान आजिख्य रहानेले २६-२६ रन बनाएका थिए।
दिल्लीका मिचेल स्टार्कले यस खेलमा ह्याट्रिक लिएका थिए भने विप्राज निगम र अक्सर पटेलले २-२ विकेट लिएका थिए।
जारी सिजन कोलकोताको याे चौथो जित हो। कोलकोताको १० खेलमा ८ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ। त्यसैगरी दिल्लीको भने यो चौथो हार हो। १० खेलमा ६ जित हासिल गरेको दिल्लीको १२ अंक रहेको छ र चौथो स्थानमा छ।
