कोलकाताको पहिलो जित

२०८१ चैत्र १३, बिहीबार ०७:४५

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ।

बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल गर्ने क्रममा कोलकाताले राजस्थानमाथि ८ विकेटको जित हासिल गर्यो।

राजस्थानको घरेलु मैदान गुवाहाटिमा कोलकाताले १५२ रनको लक्ष्य १७‍.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।

कोलकाताको जितमा ओपनरका रुपमा आएका क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले। डि ककले अविजित रहँदै सर्वाधिक ९७ रन जोडे। शतक बनाउँन ३ रनले पछि रहेका उनले ६१ बलमा ८ चौका र ६ चौका प्रहार गरे।

अंगकृष्ण रघुवंशी २२ रनमा अविजित रहे। कप्तान अजिक्या राहाणे १८ रनमा आउट भए। ओपनर मोइन अलि ५ रनमा आउट भए। राजस्थानलका लागि वानिन्दु हसरंगाले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार गरेको थियो।

राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाएका थिए।

पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित कोलकाता २ खेलमा २ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ। लगातार दोस्रो हार बेहोरेको राजस्थान अंक बिहिन रहँदै पुछारमा छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy