कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ।

बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल गर्ने क्रममा कोलकाताले राजस्थानमाथि ८ विकेटको जित हासिल गर्यो।

राजस्थानको घरेलु मैदान गुवाहाटिमा कोलकाताले १५२ रनको लक्ष्य १७‍.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।

कोलकाताको जितमा ओपनरका रुपमा आएका क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले। डि ककले अविजित रहँदै सर्वाधिक ९७ रन जोडे। शतक बनाउँन ३ रनले पछि रहेका उनले ६१ बलमा ८ चौका र ६ चौका प्रहार गरे।

अंगकृष्ण रघुवंशी २२ रनमा अविजित रहे। कप्तान अजिक्या राहाणे १८ रनमा आउट भए। ओपनर मोइन अलि ५ रनमा आउट भए। राजस्थानलका लागि वानिन्दु हसरंगाले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार गरेको थियो।

राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाएका थिए।

पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित कोलकाता २ खेलमा २ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ। लगातार दोस्रो हार बेहोरेको राजस्थान अंक बिहिन रहँदै पुछारमा छ।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]