लखनउ तेस्रो स्थानमा

काठमाडौं। लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा तेस्रो स्थानमा उक्लिएको छ।

शनिबार सम्पन्न खेलमा लखनउले शीर्ष स्थानको गुजरात जायन्ट्समाथि ६ विकेटको सहज जित हात पारेको हो।

गुजरातले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको लखनउले तीन बल बाँकी रहँदै चार विकेट गुमाएर १८६ रन बनायो। लखनउलाई जित दिलाउन निकोलस पूरनले सर्वाधिक ६१ रन बनाए। ३४ बल खेलेका उनले एक चौका र सात छक्का प्रहार गरे।

ओपनर एडन मार्क्रराम ३१ बलमा नौ चौका र एक छक्कासहित ५८ रनमा आउट भए। कप्तान ऋषभ पन्त २१ रनमा आउट हुँदा आयुष बडोनी २८ रनमा अविजित रहे।

गुजरातका प्रशिद्ध कृष्णले सर्वाधिक दुई विकेट लिए। राशिद खान र वासिङ्टन सुन्दरको नाममा समान एक विकेट रह्यो।

त्यसअघि भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनको योगफल तयार गरेको थियो।

लखनउका कप्तान शुभमन गिलले सर्वाधिक ६० रन बनाए। ३८ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे।

साई सुदर्शनले ३७ बलमा सात चौका र एक छक्कासहित ५६ रन बनाए। शेर्फेन रदरफोर्ड २२ र जोश बटलर १६ रनमा आउट हुँदा शाहरुख खान ११ रनमा अविजित रहे।

लखनउका शार्दुल ठाकुर र रवि बिश्वोईले समान दुई विकेट लिए। दिग्वेश राठी र आवेश खानको नाममा समान एक विकेट रह्यो।

जितसँगै लखनउले ६ खेलबाट आठ अंक पुर्‍याएको छ। समान आठ अंक भए पनि गुजरात र दिल्ली क्यापिटल्ससँग नेटरनरेटमा लखनउ पछि परेको छ। लखनउ भने यो हारसँगै दोस्रो स्थानमा झरेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy