लखनउ तेस्रो स्थानमा

काठमाडौं। लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा तेस्रो स्थानमा उक्लिएको छ।

शनिबार सम्पन्न खेलमा लखनउले शीर्ष स्थानको गुजरात जायन्ट्समाथि ६ विकेटको सहज जित हात पारेको हो।

गुजरातले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको लखनउले तीन बल बाँकी रहँदै चार विकेट गुमाएर १८६ रन बनायो। लखनउलाई जित दिलाउन निकोलस पूरनले सर्वाधिक ६१ रन बनाए। ३४ बल खेलेका उनले एक चौका र सात छक्का प्रहार गरे।

ओपनर एडन मार्क्रराम ३१ बलमा नौ चौका र एक छक्कासहित ५८ रनमा आउट भए। कप्तान ऋषभ पन्त २१ रनमा आउट हुँदा आयुष बडोनी २८ रनमा अविजित रहे।

गुजरातका प्रशिद्ध कृष्णले सर्वाधिक दुई विकेट लिए। राशिद खान र वासिङ्टन सुन्दरको नाममा समान एक विकेट रह्यो।

त्यसअघि भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनको योगफल तयार गरेको थियो।

लखनउका कप्तान शुभमन गिलले सर्वाधिक ६० रन बनाए। ३८ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे।

साई सुदर्शनले ३७ बलमा सात चौका र एक छक्कासहित ५६ रन बनाए। शेर्फेन रदरफोर्ड २२ र जोश बटलर १६ रनमा आउट हुँदा शाहरुख खान ११ रनमा अविजित रहे।

लखनउका शार्दुल ठाकुर र रवि बिश्वोईले समान दुई विकेट लिए। दिग्वेश राठी र आवेश खानको नाममा समान एक विकेट रह्यो।

जितसँगै लखनउले ६ खेलबाट आठ अंक पुर्‍याएको छ। समान आठ अंक भए पनि गुजरात र दिल्ली क्यापिटल्ससँग नेटरनरेटमा लखनउ पछि परेको छ। लखनउ भने यो हारसँगै दोस्रो स्थानमा झरेको छ।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]