लखनउ ५ विकेटले विजयी

२०८१ चैत्र १४, शुक्रबार ०९:०६

काठमाडौँ । लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा लखनउले सनराइजर्सलाई ५ विकेटले पराजित गरेको हो।

सनराइजर्स हैदरावादले दिएको १९१ रनको लक्ष्य पछाएको लखनउले १६.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। लखनउका लागि नोकोलास पुरनले ७० रन बनाए भने मिचेल मार्शले ५२ र अब्दुल समादले २२ रन बनाएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो।

सनराइजर्सका लागि ट्राभिस हेडले सर्बाधिक ४७ रन बनाएका थिए भने अंकित बर्माले ३६, नितिश कुमार रेड्डीले ३२, हेइनरिच क्लासेनले २६, कप्तान पाट कमिन्सले १८ रन बनाएका थिए।

त्यस्तै लखनउका बलर श्रदुल ठाकुरले ४ विकेट लिएका थिए भने आभेश खान, दिग्भेस राठी, रवि विश्नोई र प्रिन्स यादवले एक एक विकेट लिएका थिए।

यो लखनउको दोस्रो खेलमा पहिलो जित हो भने सनराइजर्सको दोस्रो खेलमा पहिलो हार हो। आज आईपीएल अन्तर्गत चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy