लिटिल फ्लावर प्रिमियर लिगको सेमीफाइनल समीकरण पुरा

  • नवराज पनेरु, धनगढी -फागुन १८

धनगढीमा जारी निष्ट लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सेमीफाईनलमा पुग्ने तेश्रो टालिको पनि टुङगो लागेको छ। आज भएको तेश्रो खेलमा आयोजक लिटील फ्लावर स्कुललाई पराजित गर्दै लिटील बुद्ध एकेडेमी महेन्द्रनगर सेमिफाईनलमा प्रवेश गरेको हो । यसअघिनै कैलाली विद्या निकेतन, सिद्धार्थ शिसु सदन अन्तिम चारमा पुगिसकेका छन्।

धनगढीको फाप्ला मैदानमा आज भएको पहिलो खेलमा भने काठमाण्डौंको व्हाइट हाउसले क्यास्पीयन एकेडेमीलाई ७ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले व्याटिङ गरेको क्यास्पीयनले १४ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै निशाद वोगटीको १९ रनको मदत्तले ५० रन मात्रै वनाउन सक्यो। व्हाइट हाउसका लागि प्रतिश जिसी र एओन केसीले ३/३ विकेट लिए। व्हाइट हाउसले ६.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । टीमलाई जिताउन आयुष वस्नेतले २२ रन बनाए। क्यास्पीयनका लागि श्याम सुन्दर साउँद र प्रदीप जोशीले १/१ विकेट लिए । व्हाइट हाउसका एओन केसी म्यान अफ द म्याच भए।

आज भएको दोस्रो खेलमा विज्डम एकेडेमी वेलौरीलाई नेपालगंजको एवीसीसी स्कुलले ३ रनले हरायो। पहिले व्याटिङ गर्दै एवीसीले २० ओभरमा ९ विकेट गुमाएर सन्दोपी अन्सारीको ३९ र सन्सुदीप अन्सारीको २५ रनको मदत्तले १२६ रन बनायो। विज्डम एकेडेमीका वसन्त कार्की र पवन कार्कीले ३/३ विकेट लिए।

विज्डमका वसन्त कार्कीले ४३ रन र अभिसेक उपाध्यायले ३७ रन बनाए पनि २० ओभरमा ८ विकेट गुमाएर १२३ रनमै सिमित भयो। एवीसी स्कुलका लागि सौगात रानाभाटले ३ विकेट र सन्सुदीप अन्सारीले २ विकेट लिए। एवीसीका सन्सुदीप अन्सारी म्यान अफ द म्याच भए।

तेस्रो खेलमा लिटिल वु्द्धले आयोजक लिटिल फ्लावर स्कुललाई ८ विकेटले हरायो। पहिले व्याटिङ गर्दै लिटिल फ्लावरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै विक्रम ठगुन्नाको २३ र महेश अधिकारीको १७ रनको मद्दतले ११० रन बनायो। लिटिल बुद्धका लागि भीम सार्की र विकास आग्रीले २/२ विकेट लिए। लिटिल वुद्धले १७ दशमलव १ ओभरमा २ विकेट गुमाएर रोशन साउंदले अविजित ४४ रन र रमेश भट्टको ३४ रनको मदत्तले लक्ष्य भेटायो। खेलको म्यान अपद द म्याच रोशन साउँद भए।

भोली एउटा खेल लिग चरणको अन्तिम खेल हुनेछ भने भोलीनै दुई वटा सेमीफाईनल हुनेछन्। अन्तिम चारमा पुग्ने चौथो टीमको टुंगो भने भोली हुने लिग चरणको अन्तिम खेलवाट लाग्ने भएको छ। भोलीको पहिलो सेमिफाईनलमा सिद्धार्थ शिसु सदन र कैलाली विद्या निकेतन भिड्ने् भएका छन्। दोस्रो सेमिफाईनलमा लिटील बुद्धसँग स्टेपिङ जिेतमा प्रतिस्पर्धा गर्नेछ भने हारेमा रनरेटको आधारमा टिमको टुंगो लाग्नेछ।

प्रतियोगितामा कैलाली सहित काठमाडौ, बाँके र कञ्चनपुरका १२ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगीताको विजेताले ५० हजार, उप विजेताले २५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिरीजलाई ५ हजार र विभिन्न चार विधाका उत्कृष्ट खेलाडीलाई २/२ हजार प्रदान गरिने आयोजक लिटील फ्लावर ईङलिस वोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल तथा प्रतियोगिताका निर्देशक रामचन्द्र शाहीले बताए ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]